सिडी विजयको एकल संगीत र स्वरमा "मायाको फूल" (भिडियो सहित)


Loading...


मंसिर ७, तनहुँ । नेपाली सांगीतिक आकासमा पछिल्लो पुस्ताका जल्दाबल्दा गायक पोखराका सिडी विजय अधिकारी र गायिका मनिषा राईको स्वर, सिडी विजय अधिकारीको  र लामो समयदेखि प्रवासी भुमी इजरायलमा रही साहित्य संगीतको साधना गर्दै आएका पोखरेली गीतकार कुमार पौडेलको “मायाको फूल” सार्वजनिक हुने तयारीमा रहेको छ ।

सीडीएम म्युजिक क्रियसन प्रालिको  रेकर्डिङ रहेको तथा सिडीएम म्युजिक क्रियसन कै  वजार व्यवस्थापन रहने उक्त मायाको फूल एल्बम आगामी २५  नोभेम्वर विहिवार सार्वजनिक गरिने भएपनि गीतकार पौडल आफू प्रवासमा रहेको कारण आगामी महिना इजरायलमै एल्वमको विधिवत बिमोचन गर्ने तयारी गरिरहेको गीतकार पौडेलले बताए ।

विशेष गरी प्रवासिएका मनहरुको वेदनालाई उत्कृष्ट शब्द चयनमा अत्यन्तै मार्मिक ढंगले समावेश गरिएका गीतहरुले भरिपूर्ण उक्त एल्वमले अपेक्षाकृत उचाई लिनेमा आफु निकै आशाबादी रहेको गीतकार पौडेलले  हामीसँगको कुराकानीमा बताएका छन् । धेरै भयो घर छाडेको ‘, डाँडा काटी गयौ प्यारा ‘ र मन्दिरमा हेलाँ हुन्छ.. जस्ता वियोगान्त शब्दको संग्रह संगै ससक्त  रुपमा पोखिएको भाबुकतामा पछिल्लो पुस्ताका गायक सिडी बिजय अधिकारी र मनिषा राईको सुमधुर स्वरको समिश्रणले एल्वमलाई थप उत्कष्ट सावित गर्ने गीतकार पौडेलको दावी छ ।

को हुन गायक सिडी विजय अधिकारी ?

एल्मवममा प्रमुख रुपमा स्वर रहेका पोखरेली नवोदित गायक सिडी विजय अधिकारी नेपाली सांगीतिक आकासमा पछिल्लो पुस्ताका जल्दाबल्दा गायक हुन । गायक अधिकारीले भरत थापाको “स्वर्ग” एल्बम मा आफ्नो दमदार प्रस्तुति दिइसकेका छन् । भरत थापाको आबाज गीतकार सुमन कार्कीका शब्द हरुमा आफु लगायत संगीतकार बसन्त सापकोटाको संगीत संयोजन रहेको स्वर्ग एल्बम पनि उत्तिकै ससक्त मेहनत पोखेको गायक अधिकारीले बताए ।
माछापुच्छ्रे र फेवातालको आगनीमा गुनगुनाउदै सानैदेखि गायनकलामा लागिपरेका अधिकारी रियालिटी सो खोजि प्रतिभाको र पश्चिमाञ्चलकै पहिलो बिग आइकन २०१२ बाट खुलेर बाहिर चर्चामा आए । त्यसो त त्यस भन्दा अघिका अन्य धेरै सांगीतिक प्रतियोगिताहरुमा उनको चर्चा र गलाको निखारले भविष्यको बाटो कोरिसकेको थियो । आफूभन्दा अग्रजहरुको स्नेह र आफूभित्रको साधनाले आफुलाई यहाँसम्म ल्याइपुर्याएको सिडी बिजयको अनुभब छ । 



Loading...
मोफसलमा बसेर साहित्य कला र संगीतको योगदानलाई सबैमाझ पुर्याउन सकिन्न कि भन्ने चिन्ता र चासो बोकेर उनले आफु जन्मेहुर्केको रमणीयस्थल पोखरा छाडेर काठमाण्डौ हान्निय, पोखराको मदरल्याण्ड आबासीय उच्व मा बिबाट आफ्नो पढाई सकेपछी सांगीतिक यात्रालाई झनै फराकिलो र गीतसंगीतको नशाले उनलाई राजधानी दौडायो, काठमाण्डौको महँगो बजार र बसाईमा सांगीतिक यात्राको थप साधना र विएस्सी अध्ययनरत गायक अधिकारी आफ्ना संगीतका गुरुहरु साथै सहपाठीहरुको हौसला र मायाले थप उर्जा प्राप्त गरेको बताउछन । जीवन र जगतका कुरा बुझ्न संगीतलाई साधनमा ढाल्न र आफुले गायका गीतहरुबाट श्रोता दर्शकको मन जित्न उनमा एकप्रकारको पृथक प्रतिज्ञासंगै नेपाली संगीतको सम्बर्धन र योगदानमा नयाँ आयामको थालनी गरायो । 


कला र गलाको आवाजमा साधनको मन्त्र घोकेर कर्ममा विश्वाशको दम्भ बोकेर घर छाडेको पोखरेली ठिटो यति छिट्टै नेपाली सांगीतिक यात्रामा आफ्नो पहिचान र योगदान दिनमा अगाडि के आउला भनेर अड्कल काट्नेहरु अहिले गायक अधिकारीको सांगीतिक यात्रा र ब्यस्त दैनिकी देख्दा जिब्रो टोक्छन होला या मेहनत गरे हरकुरामा मानिस सफलताको शिखरमा एकदिन पाइला राख्न सफल हुनेरहेछ भन्नेकुराको यो ज्वलन्त उदाहरण पनि हो ।  त्यसो त नेपालमा अन्य पछिल्ला युवा पुस्ताका गायक कलाकार हरुको पनि बेग्लै जीवन संघर्षका कथाहरु होलान, गित संगीतको विधामा कति दुखकस्ट संगै अध्ययनको जरुरी पनि त्यतिकै महत्वपूर्ण पाटो हो । 

 पछिल्लो समयमा अधिकारीका रेकर्ड भएका गीतहरुको संख्या २०० नाघिसकेको छ, उसो त उनि संगीत भर्न समेत माहिर बनेर निस्केका छन । संगीतकार बन्न झन् कठिन कर्म हो तर गायक अधिकारी कठिन भन्नेकुरा साधना नै समाधान हो त्यसैमा नित्यकर्म गरेमा गाह्रो हुदैन भन्छन ।  लाग्छ उनीभित्र सरस्वतीले बरदानस्वरूप त्यो अबतार दिएको हुनुपर्छ । सांगीतिक जीवनका उकालीओरालीहरुमा संघर्ष गर्दैगर्दा त्यस्तै जोडीको मिलन भयो, एक छोरीका बाबु बनेका गायक आफ्नी जीवनसंगिनी पनि गायनकलामा चम्किलो नक्षत्र साथ पाउदा जीवन सहज र सरल बनेको अनुभब सुनाउछन । मिठो स्वरकी धनि गायिका मनिषा राइ उस्तै गला र कलाकी साधक हुन , जो गायक सिडी बिजय अधिकारीकी धर्मपत्नी हुन् । 


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2