Loading...
१६ मंसिर, काठमाडौं । डा. गोविन्द केसीसँग बिहीबार नै सहमति गरेर अनसन तोडाउने सरकारी प्रयास अफसल भएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनिराम पौडेलसहितको उपस्थितिमा सिंहदरवारमा राति अबेरसम्म भएको वार्ता सहमति नजिक पुगेर पनि टुंगिन सकेन ।
प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि सरकारी टोलीले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केपी सिंहलाई राजीनामा गराएर भएपनि बिहीबार नै सहमति गर्ने र डा. केसीको अनसन तोडाउने तयारी गरेको थियो ।
त्यसअनुसार रमेशकान्त अधिकारी नेतृत्वको समितिले डिन नियुक्तिको मापदण्ड समेत बनाएको छ । समितिको कार्यविधि र समय धेरै भएपनि तत्कालका लागि डिनको मात्र मापदण्ड बनाएर आंशिक प्रतिवेदन बुझाउन लगाइएको हो ।
यो प्रतिवेदनलाई त्रिभुवन विश्वविद्यालयले पनि स्वीकार गरेको छ । र, मापदण्ड अनुसार नपरे आईओएम डिनबाट राजीनामा सिंह दिन पनि तयार छ ।
तर, मापदण्ड निर्माण गर्दा सरोकारवाला पक्ष आफ्ना फ्याकल्टीहरुसँग छलफल गर्नु पर्ने त्रिवि उपकुलपतिसहितका अधिकारीहरूले माग राखेका छन् ।
नभए आईओएमका डिन केपी सिंहले राजीनामा नदिने उनीहरूले अडान लिएका छन् । भोलि रमेशकान्त नेतृत्वको समितिले फ्याकल्टीहरुसँग छलफल गर्ने तय भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...
त्रिवि पदाधिकारीहरुले भने मापदण्ड अनुसार जो आएपनि डा. केसीले स्वीकार गर्नु पर्ने बताएका छन् ।
डा. केसीका अन्य मागबारे भने वार्ता टोली स्तरमा लगभग सहमति भएको भनिएको छ । वरिष्ठताका आधारमा डिन नियुक्ति लगायतका ९ बुँदे माग राखेर डा. केसी १९ दिनदेखि अनसनमा छन् । र, उनको अवस्था गम्भीर बन्दै गएको छ ।
Loading...


Post a Comment