Loading...
ओएस नेपाल, पोखरा, १२ माघ । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको सत्तारूढ गठबन्धनले निर्वाचन र संशोधन अघि बढाउन नयाँ रणनीति तय गरेको छ। सत्ता हस्तान्तरणको प्रश्न पनि जोडिएर पेचिलो बन्दै गएको राजनीतिको गाँठो फुकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा नयाँ रणनीति तय गरेका हुन्।
केही साता अघि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्दा कांग्रेस र माओवादी केन्द्रको ‘रोडम्याप’ प्रष्ट थियो- संशोधन प्रस्तावलाई संसदमा लगेर टुंग्याउने, भरसक पारित गर्न प्रयास गर्ने। त्यसपछि निर्वाचन कानुनहरू संसदबाट पारित गर्ने र चैत भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने। वैशाख १ गते दाहालले राजीनामा दिने र देउवा प्रधानमन्त्री बन्ने। एमालेले लामो समयसम्म संसद अवरोध गरेपछि त्यो रणनीति कार्यान्वयन हुन सकेन।
.
Loading...

Post a Comment