वि.सं. २०७३ साल चैत ८ गते। मंगलवारको राशिफल - Horoscope


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सोचे भन्दा आम्दानी धेरै हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । रोजगारको अवसर मिल्नेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सामाजिक मानसम्मान प्राप्त हुनेछ । अध्ययनमा रुचि बढ्नेछ । विगतको सफलताले काममा झन् उत्साह बढ्नेछ । उद्योग र व्यापारमा निकै फाइदा हुनेछ । 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
साथीभाईको सहयोगमा महत्वपूर्ण कामहरु पूरा हुनेछन । काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छन । 
Loading...

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । काममा सुधार आउनेछ । पढाई लेखाइमा प्रगती आउनेछ । मन खुसि रहनेछ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक कार्यमा समय बित्नेछ । बोलीको प्रभाब बढ्नेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रोकिएका अधुरा कामहरु सफल हुनेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साथीभाईसंग मनमुटाब हुने सम्भावना देखिन्छ ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा समय दिन नसकिएला।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
रोकिएका अधुरा काम बन्नेछन । धन सञ्चित हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । विगतको श्रमबाट भने लाभ हुनेछ । 
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2