रुट परमिट नभएका बस फिर्ता, १४ जिल्लाका यात्रु बाटोमै अलपत्र


अरनिको यातायात सेवा समितिसहतिका १२ वस व्यवसायी संघले काभ्रेपूर्व १४ जिल्लाका यात्रुलाई काठमाडौंबाट बिहीबार बिहान काभ्रेको भकुन्डेबेसी लगर अलपत्र पारेका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले रोड परमिटविना गाडी चलाउन नपाउने भनेपछि व्यवसायीले यात्रुलाई बीच बाटोमै अलपत्र छाडेका आजको राजधानी दैनिकमा समाचार छ ।
व्यवसायीले बिहिबार बिाहान काठमाडौंबाट ती जिल्लामा जाने यात्रुको टिकट काटेर लगेका थिए । काभ्रेमको भकुन्डेबेसीसम्मको परमिट लिएका व्यवसायीले काभ्रेपूर्वका १४ जिल्लाका विभिन्न स्थानमा जाने यात्रु लिएर गएका हुन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियतामा परमिट नलिएका गाडी चल्न नदिने भनेपछि व्यवसायीले यात्रुलाई बाटैमा छोडेर टिकटको पैसा फिर्ता दिएका छन् ।
रोड परमिट भएको स्थानसम्म मात्र याु बोक्न पाइने प्रहरीको भनाइपछि आफूहरुले यात्रुलाई बीचमै छाड्नुपरेको अरनिको यातायात व्यवसायी समितिका अध्यक्ष जीतबहादुर भारतीले बताए ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2