भिमाद महोत्सवमा शनिबार १ लाख दर्शकको उपस्थिति


Loading...

Loading...

फाईल फोटो

न्यूजनेपाल २४
मंसिर १८ भिमाद । भिमाद खेल मैदानमा जारी प्रथम भिमाद महोत्सवको नबौ दिन  आज  दर्शको अत्याधिक भिड लागेको छ । आज महोत्सवमा १ लाख दर्शकले अवलोकन गरेका थिए भने ७० लाख बराबारको कारोबार भएको महोत्सवका प्रवक्ता गोपाल पराजुलीलले जानकारी दिनुभयो । शनिबार समेत परेकाले दर्शकको  उल्लेखनिय उपस्थित रहेको पराजुलिले बताउनुभयो ।

चर्चित लोकदोहारी गायक खुमन अधिकारी, शिला आले हास्य टेलीश्रृंखला भद्रगोलका सागर लम्साल बले र हरि निरौला क्रकोजको प्रस्तुतिले महोत्सवको महोल तताएको थियो ।

 कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन र व्यापार प्रथम भिमाद महोत्सव, हाम्रो विकासको पुर्वधार भन्ने मुल नाराका साथ यहि  १० गतेबाट सञ्चालित महोत्सवका रक्षा मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले आईतबार समापन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा आईतबार चर्चित पप गायक कमल खत्री र लोक दोहोरी गायक राजु ढकालको प्रस्तुति समेत रहनेछ ।  

भिमाद नगरोन्मुख गाउँ विकास समिति, नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् भिमाद सहआयोजक रहेको महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु, मास, बोडी, पिडालु, सुन्तला, अदुवाको बिक्री वितरणलाई महोत्सवले प्राथमिकता दिइएको आयोजकले जनाएको छ । 

महोत्सवले लोपको संघारमा पुगेका विभिन्न समुदायका कला, संस्कृति, धार्मिक एवं ऐतिहासिक स्थलको संरक्षण, पर्यटकीय क्षेत्रको पहिचान, भीमाद क्षेत्रको सामाजिक, आर्थिक रुपमा विकासमा थप टेवा पुग्ने बताईएको छ । आईतबारसम्म  चल्ने महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने, ४ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2