हिटलरदेखि गद्धाफीसम्मका तानाशाहका छोराहरू के गर्थे ? हेर्नुहोस् रोचक तथ्य


Loading...

तानाशाहहरु शक्ति र सत्ताको मातमा लाखौं करोडौं मानिसको ज्यान लिन्छन् । तर त्यसरी तानाशाह भएका मानिसहरुको व्यक्तिगत जीवन भने त्यही खुशी देखिदैन । उनीहरु पछिको पुस्ताले अकाल मै मृत्यु रोज्नेसम्मको घटना संसारमा पाइन्छ ।

षडयन्त्र र जालसाँजीबाट आफ्नो जीवनलाई सफल बनाएका तर आफ्नो शेषपछि सन्तानले नराम्रोसँग दुःख पाएका उदाहरण संसारमा प्रसस्तै छन् । ती तानाशाहका छोराहरुले के गरे ? कस्तो भयो उनीहरुको जीवन ? यसबारे अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ :

तानाशाह निकोल काउसेसकु र उनका छोरा नीकु काउसेसकू

रोमानियाका पूर्व तानाशाह हुन् निकोल काउसेसकु । १५ वर्षसम्म रोमिनियामा शासन गरेका उनले त्यहाँको स्वतन्त्रता पुरै तहननहस पारेका थिए । उनका कारणले कयौंले देश छोडेर सरणार्थी बन्नु परेको थियो । उनको छोरा पनि बाबुकै बाटो हिडे ।

उनको पहिचान नै बलात्कारी र रक्स्याह हुन पुग्यो । उनी लापरबाही ढंगले कार चलाएर कयौं पटक दुर्घटनामापनि पनि परे । उनका पिताको हत्यापछि उनलाई पनि २० वर्षका लागि जेल सजाए सुनाइयो । जेल बसेको ४ वर्षपछि उनको जेलमै मृत्यु भयो ।

तानाशाह स्लोबोडैन मिलोसेविक र उनका छोरा मार्को मिलोसेविक
स्लोबोडैन मिलोसेविक सर्वियाका तानाशाह थिए । राजनीतिमा बदनामी कमाएका मिलोसेविकका छोरापनि पिताकै बाटोमा हिँडे । लामो विरोध प्रर्दशनपछि उनका पिताले सर्वियाबाट हात धुनुप¥यो । पिताको राजनैतिक पराजयपश्चात उनी अपराधिक बाटो तर्फ मोडिए । उनी संगठित अपराधमा नराम्रोसँग डुबे । अन्ततः उनी अपराधको दुनियामा प्रवेश गरेका कारण देश छाडेर रुस भाग्नु प¥यो । उनले यूगोस्लाभियामा भएको युद्धको दौरानमा कयौं हत्या, लुट र फिरौती जस्ता कामहरु गरे ।

तानाशाह सद्दामम हुसैन र उनका छोरा उदय हुसैन
उदय हुसेन इराकका पूर्व तानाशाह सद्धाम हुसेनका छोरा थिए । अमेरिकाले सद्धामलाई ध्वस्त नपार्दासम्म सद्धामपछि उदय नै सत्तामा आउने सम्भावना थियो । बुवाको शासनकालमा उनले कयौं हत्या गरेका थिए । अपहरण, हत्या, फिरौती, बलात्कार जस्ता घटनाबाट उनी आरोपित थिए । यतिसम्मकी उनले इराकका महिला फुटबलरमाथि समेत बलात्कार गरेको आरोप लागेको थियो । उनको हत्याको श्रृङ्खला यति चरम की उनले स्वयम् आफ्नै पिताका पर्सनल सहयोगीको समेत हत्या गरेका थिए । अन्ततः सन् २००३ मा अमेरिकाले इराकमाथि गरेको हमलामा उनी पनि मारिए ।
(भिडियो हेर्नुहोस)

Loading...


तानाशाह मुहम्मर गद्दाफी र उनको छोरा मुतस्सिम गद्दाफी
मुहम्मर गद्दाफीलाई आधुनिक संसारको सबैभन्दा खतरनाक तानाशाहका रुपमा लिइन्छ । उनका छोरापनि लिवियामा एक कुख्यात अपराधीका रुपमा थिए । उनी आफ्नो पिताको तर्फबाट कतिपय ‘डिल’हरु गर्थे । उनलाई कयौं अन्तर्राष्ट्रिय मञ्चहरुमा लिवियाको प्रतिनिधि बनाएर पठाइएको थियो । उनले हिलारी क्लिन्टनसँगसमेत भेट गरेका थिए । लिवियामा भएको विद्रोहका क्रममा उनको पनि वुवासँगै हत्या भएको थियो ।
तानाशाह मुसोलिनी र उनका छोरी एडा मुसोलिनी
इटलीका तानाशाह मुसोलिनीको अरुको भन्दा फरक कथा रहेको छ । एडाको पतिले ससुरा मुसोलिनीको तानाशाही शासनको विरोध गरेका थिए । विरोध पछि आफ्नै छोरी ज्वाँईलाई मुसोलिनीले जेलमा हालिदिएका थिए र त्यही जेलमा उनको कडा यातनाकारण मृत्यु भयो ।

पतिको मृत्युभएपछि एडा निकै विछिप्त भइन् । उनले आफ्नो पिताको विरोध सँगसँगै बुवासँग बदला नै लिने निश्चय गरिन् । त्यसपछि एडा भागेर स्वीडेन पुगिन् र त्यहाँका कम्युनिस्टहरुसँग सम्बन्ध बढाईन् । समाचारमा उल्लेख भए अनुसार उनी सारीरिक सम्बन्धसम्म पुगेकी बताइन्छ । त्यसपछि मुसोलिनी रिसले आगो भए र इटालीको छापामारको मदत लिएर उनले आफ्नै छोरीको हत्या गरे ।

तानाशाह हिटलरका छोरा जीन मैरिए लारेट
हिटलरलाई मानव सभ्यताको इतिहासमै सबैभन्दा क्रुर तानाशाहको रुपमा लिइन्छ । अरुसँग मात्र होइन उनी आफ्नै परिवारसँग समेत अन्त्यन्त क्रुर थिए । उनले आफ्नै छोरालाई समेत अपनाएका थिएनन् । उनको एक फ्रान्सेली महिलासँग गोप्य सम्बन्ध थियो । त्यही महिलाबाट उनको एक छोराको जन्म भएको थियो र उसैको नाम हो जीन मैरिए लारेट । हिटलरको मृत्युपछि लारेटले हिटलर घुमेका प्राय स्थान घुमे । आश्चर्यको कुरा के छ भने जब उनकी श्रीमतिले आफ्नो पति हिटलरको छोरा भएको थाहा पाइन् तब तुरुन्तै छाडि दिइन्। उनले सामान्य मजदुर जसरी फ्रान्सको रेलवे स्टेशनमा काम गरेका थिए र त्यहीबाट सेवानिवृत्व पनि भए । हाल उनको बच्चाहरु फ्रान्समा बस्ने गर्छन् ।



Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2