ब्राजिल हार्‍यो, स्वर्ण जित्ने सपना टुट्यो


१ भदौ, काठमाडौं । ब्राजिल रियो आलम्पिक अन्तरगत महिला फुटबलको सेमिफाइनलमा पराजित भएको छ ।
स्वीडेनसँग पेनाल्टीमा ४-३ गोल अन्तरले पराजित हुँदै घरेलु टोली ब्राजिल अन्तिम चारबाटै बाहिरिएको हो । यससँगै महिला फुटबलमा स्वर्ण जित्ने ब्राजिलको सपना टुटेको छ ।
स्वीडेनले अब जर्मनीसँग खेल्नेछ । जर्मनी क्यानडालाई २-० ले हराएर फाइनलमा स्थान बनाएको छ ।
ब्राजिल पहिलो हाफको अन्तिमतिर गोल नजिक पुगेको थियो । तर, स्वीडेनका गोलकिपरले रोकिन् ।
२०७३ भदौ १ गते १०:२२ मा प्रकाशित

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2