काठमाडौं, साउन ३१ – परिचय नखुलेका ब्यक्तिको आक्रमणबाट चलचित्र निर्देशक तथा निर्माता रोज राणा घाइते हुनुभएको छ । काठमाडाैको मध्य बानेश्वरमा सोमबार बेलुका राणालाई नचिनेका मानिसले खुकुरी प्रहार गरेका हुन् । दाहिने हातमा २ वटा चोट ललागेका राणाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
मध्य बानेश्वरको सेण्टर रेष्टुरेण्टमा बसिरहेका बेला नचिनेका मानिसले बोलाएर राणा र विष्णुवहादुर गिरीमाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरिक्षक प्रद्युम्न कार्कीले जानकारी दिनुभयो । आक्रमणबाट गिरी पनि सामान्य घाइते भएको उहाँले बताउनुभयो ।
विभिन्न चलचित्र निर्माणमा संलग्न राणाले निर्देशन गरेको चलचित्र परशुराम अहिले विभिन्न हलमा प्रदर्शन भइरहेको छ । राणा नेपाली कांग्रेस प्युठानका क्षेत्रीय सभापति पनि हुन् ।
उज्यालो अनलाइन


Post a Comment