बालुवाटारमै नारा लाग्यो-प्रचण्डको कान कता छ ?


आठौं पटकको आमरण अनसन तोडाउने क्रममा भएको सहमति कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसीले सडकबाटै दबावमुलक अभियान थालेका छन् ।
डा. केसी र उनका समर्थकहरुले शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला लगायत पनि सहभागी भएका छन् ।
प्रदर्शनका क्रममा डा. केसीका समर्थकहरुले लोकतन्त्र कि लुटतन्त्र भन्दै प्रश्न उठाएका छन् । उनीहरुले पाँच जनाको टाउकोमा सेतो पट्टी बाँधेर प्रचण्डको कान कता छ ? लोकमानको मनोमानीमा प्रचण्ड किन मौन ? भनेर प्रश्न गरे ।
उनले अलिकति पनि इमान्दारिता र जनताप्रति दायित्वबोध छ भने आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।
राजनीतिक दल र सरकारलाई विश्वास गरेर अनसन तोडेको तर, एक महिनासम्म कार्यान्वयन नगरेको भन्दै उनले अब उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बताए । उनले भने, खाएर लड्दा सुन्दैनन् भने नवौं चोटी सत्याग्रह गर्न बाध्य हुन्छु ।’
यस्तै लेखक संग्रौलाले आफूहरुको प्रश्न लोकमानलाई नभई लोकमान बनाउनेसँग भएको बताए ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2