आजको राशिफल ,२०७३ भाद्र ११ गते शनिबार

आजको राशिफल (२०७३ भाद्र ११ गते शनिबार/२०१६ अगस्ट २७) आज वि.सं. २०७३ भाद्र ११ गते शनिबार तदनुसार ई. सं. २०१६ अगस्ट २७ तारिख
भाद्रपद कृष्णपक्षको दशमी तिथि, बिहान ०६:१० बजेसम्म, त्यसपछि एकादशी तिथि, मृगशिरा नक्षत्र, दिउँसो १२:३८ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), वज्र योग, साँझ ०६:३२ बजेसम्म, त्यसपछि सिद्धि योग, बब करण, साँझ ०६:१० बजेसम्म त्यसपछि बालब करण,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:२९ बजे
आजको राहुकाल, यमघण्ट र गुलिककाल — राहुकाल : बिहान ०८:५२ देखि १०:२८ सम्म यमघण्ट काल : दिउँसो ०१:४१ देखि ०३:१७ सम्म गुलिककाल : बिहान ०५:४० देखि ०७:१६ सम्म

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आत्मीयजनहरूसँग भेटघाट हुने, चाहनाबमोजिम कार्य सम्पन्न हुने, अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने, साथीभाइ र बन्धुबान्धवले सहयोग गर्ने, यात्रा सफल हुन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वादिष्ट व्यञ्जन प्राप्त हुने, पारिवारिक खुसी मिल्ने, आर्थिक पक्ष सुदृढ, काममा सफलता, महत्वपूर्ण स्थानमा बोली बिक्ने, स्वास्थ्य सबल, सोच्दै नसोचेको धन प्राप्त हुने ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मन उत्ताउलो बन्ने, जोस र जाँगर बढ्ने, खानपान र मनोरञ्जनको आशा जाग्ने, तर्क, बहस र वादविवादमा पराजय, महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – प्रतिकूल समय, सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुने, शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च, अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउने ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – शारीरिक प्रतिस्पर्धाका कामतिर मन जाने, आत्मबल बढ्ने, शत्रु पराजित हुने, मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुने,सफलता मुट्ठीमा, आयक्षेत्र सबल ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – पिताको स्वास्थ्यप्रति चिन्ता, श्रममूलक काम वा कृषिक्षेत्रका काममा मन जाने, प्रयाससाध्य समय, प्राविधिक काम हात पर्ने, अध्ययन र चिन्तनमा ध्यान केन्द्रित नहुने ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा अभिवृद्धि, पारिवारिक समस्या हल गर्ने दिन, अभिभावक वा इष्टमित्रको शुभकामना प्राप्त हुने, गरेका काममा भाग्यले साथ दिने,
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – स्वास्थ्यमा सुधार, सानोतिनो समस्यामा रुमल्लिनु पर्ने, नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्ने, व्यक्तिगत दृष्टिकोणले सही परिणाम प्राप्त हुने, दानपुण्य गरे सफलता ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने, घरायसी सुखका वस्तुको किनमेल हुने, भावनात्मक क्रियाकलापमा समय व्यतीत हुने, प्रणय र प्रेमसम्बन्धमा सुमधुरता ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – काममा विभिन्न उपलब्धीहरू हासिल हुने, झिनामसिना र सानातिना कामबाट लाभ, विवाद वा तर्कवितर्कबाट लाभ मिल्ने, प्रतिद्वन्द्वीहरूका माझमा क्षमता प्रदर्शन गर्ने दिन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बौद्धिक क्रियाकलाप र चिन्तनप्रति समय निकाल्न सके राम्रो, अध्ययन, अध्यापन र लेखनकार्यमा गरिएको मिहिनेतले पछि काम गर्नसक्ने, सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने, सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने, शरीरमा थकानको अनुभूति हुने, मान्यजनको सेवासुश्रुषामा समय बित्ने ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2