३० साउन, काठमाडौं । माओवादी मन्त्रीहरुको सपथका क्रममा राष्ट्रपति भवन शीतल निवासमा पत्रकाहरुलाई प्रवेशमा रोक लगाइएको छ ।
सपथको तस्वीर खिच्न त्यहाँ पुगेका फोटो पत्रकारहरुलाई पनि गेटमै रोकिएको छ ।
सरकारी सञ्चार माध्यमका पत्रकारहरुलाई मात्र प्रवेश गराइएको छ भने अन्य पत्रकारहरुलाई ‘निम्तो छैन’ भन्दै मुलगेटबाटै फर्काइएको छ ।
२०७३ साउन ३० गते १५:४० मा प्रकाशित


Post a Comment