संसारका धेरै पारिश्रमिक लिने १० अभिनेता

Loading...
२०१५ र २०१६ मा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताहरुको सूचिमा बलिउडका खेलाडी अक्षय कुमार र बादशाह शाहरुख खान परेका छन् । फोब्र्सले निकालेको यो सूचिमा शाहरुख खान आठौँ स्थानमा र अक्षय कुमार दशौँ स्थानमा छन् । सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताको नम्बर वानमा हलिउड अभिनेता डेनी जोनसोन परेका छन् । उनले दिनको ६४.५ अमेरिकी डलर कमाउँछन् । त्यतस्तै २८ .५ मिलियन डलर कमाईका साथ सलमान खान चौधौँ स्थानमा छन् । बलिउडका महानायक अमिताभ बच्चन अठारौँ स्थानमा छन् । उनको कमाई २० मिलियन अमेरिकी डलर रहेको छ । आज हामी धेरै पारिश्रमिक लिने संसारका उत्कृष्ठ १० अभिनेताको बारेमा एक सामाग्री प्रस्तुत गर्दैछौँ । 
डेनी जोनसोन 

अमेरिकन तथा क्यानेडियन अभिनेता डेनी यो बर्ष धेरै पारिश्रमिक पाउनेको सूचिको पहिलो स्थानमा छन् । उनले एक फिल्ममा काम गरेको ६४,५००,००० अमेरिकी डलर लिने गरेका छन् । उनी निर्देशकका साथै प्रोफेसनल रेस्लर पनि हुन् । उनले एजेन्ट होब, फास्ट एण्ड फ्युरियस ५, फास्ट एण्ड फ्युरियस ६, जर्नी २– द मिस्टिरियस ल्यान्ड जस्ता चर्चित फिल्ममा काम गरेका छन् । 
Loading...
ज्याकी च्यान 
ज्याकी यो सूचिको दोस्रो स्थानमा छन् ।उनले एक फिल्ममा काम गरेको ६१,०००,००० डलर लिने गरेका छन् । उनी हङकङका कलाकार हुन् । उनले अभिनयका साथै फिल्म निर्माण र निर्देशन पनि गरेका छन् । त्यस्तै उनी गायक र ईस्टन्ट म्यान पनि हुन् । उनले काम गरेका फिल्म मधये कराटे किड, रस आउर २, अरमर चर्चामा छन् ।
म्याट ड्यामन 
तेस्रो स्थानमा रहेका म्याटले एक फिल्ममा काम गरेको ५५,०००,००० डलर लिने गरेका छन् । उनी अमेरिकी कलाकार हुन् । उनले अभिनयका साथै फिल्म निर्देशन र स्क्रिन राईटर भएर पनि काम गरेका छन् । उनले द एण्डजस्मेन्ट बिउरो, द मोनुमेन्ट, द ग्रेट वाल, डाउसाईजिंग जस्ता चर्चित फिल्ममा काम गरेका छन् ।
टम क्रुज
 हलिउड अभिनेता टमले एक फिल्ममा काम गरेको ५३,०००,००० अमेरिकी डलर लिने गरेका छन् । उनले केही फिल्म निर्देशन पनि गरेका छन् । उनका द आउट साईडर, अल द राईट मुभ, द ममी, लास्ट सामुराई जरुता चर्चित फिल्म चर्चित छन् ।
जोनी दिप
 हलिउड अभिनेता जोनीले एक फिल्ममा काम गरेबापत ४८,०००,००० अमेरिकी डलर पारिश्रमिक लिने गरेका छन् । उनी अभिनेता, निर्देशक र म्युजिसियन पनि हुन् । उनले २१ जम ईस्ट्रिटमा काम गरेर करियरको सुरुवात गरेका हुन् । त्यसपछि उनलेक ाम गरेका एलिस थु्र द लुकिङ्ग ग्लास,पाईरेटस अफ द क्यारेबियन जस्ता फिल्म सफल रहे । 
बेन एफलेक
बेन एक फिल्ममा काम गरेको ४३,०००,००० डलर लिन्छन् । उनी अमेरिकी अभिनेताका साथै फिल्म निर्माता पनि हुन् । उनले भोयज अफ मीमी, डेज्ड एण्ड कन्फ्यिुज्ड, लिव बाई नाईट, सुसाईड ईष्कवाड, गन गर्ल जस्ता चर्चित फिल्ममा काम गरेका छन् ।
विन डिजल 
हलिउड अभिनेता विन डिजलले एक फिल्ममा काम गरेको ३५,०००,००० डलर लिने गरेका छन् । उनीे एक अभिनेता मात्र नभएर फिल्म निर्देशक , निर्माता र स्क्रिन राईटर पनि हुन् । उनले फास्ट एण्ड फ्युरियस, द क्रोनिल्स अफ रिडिक सिरिज, द रिर्टन अफ जेन्डर केज जस्ता चर्चित फिल्मका साथै टेलिभिजन शोमा पनि काम गरेका छन् । 
शाहरुख खान
शाहरुखले फिल्ममा एक काम गरेको ३३,०००,००० अमेरिकी डलर लिने गरेका छन् । उनी ईन्डियन फिल्मका अभिनेता, निर्देशक र टेलिभिजन कलाकार हुन् । उनले दिवाना, डर, फयान्, दिल वाले दुल्निया लेजाएंगे, दिलवाले जस्ता चर्चित फिल्ममा काम गरेका छन् । उनी बलिउडका बादशाहका रुपमा पनि परिचित छन् ।
रोर्बट डाउनी
रोर्बटले एक फिल्ममा काम गरेको ३३,०००,००० अमेरिकी डलर लिने गरेका छन् । उनी अमेरिकन अभिनेता हुन् । उनले ईस्काईल, द स्टार ईस्पान्गल्ड ब्यानर, रिवर जस्ता चर्चित फिल्ममा काम गरेका छन् । 
अक्षय कुमार 
अक्षयले एक फिल्ममा काम गरेको ३१,५००,००० डलर लिने गरेका छन् । यो सँगै उनी ईन्डियन वर्न क्यानेडियन अभिनेता हुन् ।
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2