भदौको अन्तिम साता काठमाडौंमा ‘क्यान कमटेक मेला’


३० साउन, काठमाडौं । कम्प्युटर एशोसिशयन अफ नेपाल (क्यान) महासंघले आगामी भदौ २३ गतेदेखि २६ गतेसम्म काठमाडौको भुकुटीमण्डपमा क्यान कमटेक मेला गर्ने भएको छ ।
क्यान महासंघले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरी इन्फरमेशन, कम्युनिकेशन र टेक्नोलोजीको क्षेत्रमा भएका पछिल्ला विकासबारे आमउपभोक्ताले एकै छानोमुनी जानकारी हासिल गर्न सकुन् भनेर सुबिसु क्यान कमटेक मेला गर्न लागेको बताएको छ ।
मेलामा हार्डवेयवर, सेल्स एण्ड मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिष्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसीटी कलेज, सफट्वेयर सलुसन्स् लगायतका ८१ वटा स्टल राखिने क्यान महासंघले जनाएको छ ।
मेलामा सेक्युरिटी सोलुसन्स कम्पनीहरुका लागि अलग्गै पेभेलियनको व्यवस्था गरिने तथा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई प्राथमिकता दिइने महासंघका महासचिव विश्व राम बलामीले बताए ।
महासंघका महासचिव बलामीले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विशेष छुटसहितको प्याकेज ल्याउने मेलामा स्मार्ट फोनका नयाँ प्रविधि पनि आकर्षणका रुपमा रहने बताए ।
मेलामा सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभूत पूर्वाधार बारेमा जानकारी समेत दिइनेछ । चार दिनसम्म चल्ने मेला १ लाख ५० हजार भन्दा बढीले अवलोकन गर्ने क्यान महासंघको अनुमान छ ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2