Loading...
१० भदौ, काठमाडौं । चन्द्रगिरि पहाडका दुईवटा विशेषता छन्ः पुथ्वीनारायण शाहले यहीँबाट पहिलोपटक काठमाडौं देखेका थिए र उनमा उपत्यका कब्जा गर्ने तृष्णा पलाएको थियो । अर्को, चन्द्रगिरि पहाडबारे धेरैले स्वस्थानीको किताबमा पढेका छन् कि यो त्यही ठाउँ हो, जहाँ सतिदेवीको भाल पतन भएको थियो ।
तर, अहिले चन्द्रगिरि पहाडको तेस्रो विशेषता थपिएको छ: तपाई थानकोटबाट १४ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पामा पुग्न सक्नुहुन्छ । र, जिउँदै स्वर्ग पुगेको अनुभव संगाल्न सक्नुहुन्छ ।
तपाईले कामको चटारो र तनावका बीच काठमाडौंको धुँवाधुलो, कोलाहल एवं एकोहोरो दैनिकीलाई केही आराम दिनेबारे सोच्नुभएको छ ? अब पनि तपाईंले एक दिन ‘रिफ्रेस’ हुन काठमाडौं नजिकै कुनै ठाउँ छ र भन्ने प्रश्न गर्नुभयो भने त्यो गलत सावित हुनेछ ।
अब तपाईं केबलकार चढेर झण्डै १४ मिनेटमै काठमाडौंको चुचुरो चन्द्रागिरिमा पुग्न सक्नुहनेछ र पूरै दिन प्राकृतिक एवं मनोरम वातावरणमा रमाउन पाउनुहनेछ ।
चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिर परिसरमा भेटिएका काठमाडौं बसन्तपुर घर भएका नरोत्तम बज्राचार्यले भने, ‘यो त अजीवको ठाउँ रहेछ । काठमाडौंमै भएको यस्तो अद्वीतीय पहाड अहिलेसम्म गुमानामजस्तै थियो, केबलकारले जोडेर यो ठाउँलाई विश्वमाझ चिनाउन सकिन्छ भन्ने प्रष्ट भयो ।’
बज्राचार्यले काठमाडौंको कोलाहलबाट निस्किएर छोटो समयमै परिवारका साथ रमाउन चन्द्रागिरि उपयुक्त गन्तव्य भएको बताए । उनीमात्रै होइन, चान्द्रगिरी डाँडामा भेटिएका अधिकांशको भनाइ यस्तै सुनिन्छ ।
धर्म कमाउने गन्तव्य
थानकोटबाट चन्द्रागिरि हिल्स प्रालिले सञ्चालन गरेको केबलकार चढेर दिनहुँ चन्द्रागिरिमा भालेश्वर महादेवको मन्दिरमा दर्शन गर्न पुग्नेहरुको संख्या बाक्लिन थालेको छ ।
काठमाडौंको इमाडोलबाट भालेश्वर मन्दिरमा आएकी ७८ वर्षीया डोलदेवी सिंखडाले भालेश्वर महादेवको दर्शन गर्न पाउँदा आफूले भाग्यमानी महसुस गरिरहेको बताइन् ।
‘चन्द्रागिरिमा सतिदेवीको निधार पतन भएर भालेश्वर महादेव उत्पन्न भए भनेर उहिलेदेखि सुन्दै आएकी हुँ, आज सजिलैसँग उनै भगवानको शरणमा आउन पाउँदा मनमा आनन्द लागेको छ’ सिंखडाले भनिन् ।
उनले थपिन्-‘हामी पुराणमा भगवान वायुपंखी विमानमा स्वर्ग गए भनेर सुन्छौं । भगवानको बास भएको यस्तो अलौकिक पर्वतमा कष्ठ नै नगरी केलवकारमा सरर आउँदा स्वर्गको टुक्रामै आएजस्तै भयो । मरेपछिको स्वर्ग कस्तो छ भन्ने कसैलाई थाहा छैन, हामीले देख्न सक्ने स्वर्ग यही त हो ।’
डोलदेवीले भनेजस्तै महादेवले सतिदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरि पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरिको चुचुरोमा महादेव पुग्दा सतिदेवीको भाल अर्थात निधार पतन भएको र शिवलिङ्ग उत्पति भएको हिमवत् खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ ।
भाल पतन भएर उत्पत्ति भएका महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख छ ।
भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्ति पाएका कथाहरु धर्मग्रन्थहरुमा उल्लेख छन् । यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँ आकर्षक मन्दिर निर्माण गरिएको छ ।
मन्दिरको दर्शन गर्दा सबैलाई आध्यात्मिक शान्ति प्राप्त हुन्छ । यो मन्दिरमा दर्शन गर्दा मनले चिताएका सबै पूरा हुने धार्मिक विश्वास छ ।
मन भुलाउने सौन्दर्य
चन्द्रागिरि मा अहिले केबलकार चढेर जानेहरुको बिहानैदेखि भीड लाग्छ । केवलकार सञ्चालन भएदेखि नै भालेश्वर महादेवको मन्दिर दर्शन गर्ने र त्यहाँको प्राकृतिक सौन्दर्यसँग रमाउनेहरुको नयाँ गन्तव्य बनेको छ यो स्थान ।
छिनछिनमै बदलिरहने मौसमका कारण पहाडमा ठोकिन्न आइपुग्ने सेतो बादलका बीचबाट केबलकारमार्फत चन्द्रागिरि पुग्दा स्वाभाविक रुपमा सबैलाई आनन्द महसुस हुन्छ ।
चन्द्रागिरिको चुचुरोबाट सर्वोच्च शिखर सगरमाथासमेत अवलोकन गर्न सकिन्छ । त्यतिमात्रै होइन, नेपालका अधिकांश हिमालहरु यहाँबाट देख्न सकिन्छ । करिब १८० डिग्रीको रेन्जमा थुप्रै हिमश्रृंखलाको अवलोकन गर्ने काठमाडौंमा चन्द्रगिरीजस्तो अर्को सहज ठाउँ छैन ।
सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरि पहाड एउटा उपयुक्त गन्तव्य हो । हिमालय छिचोलेर उदाउने सूर्योदय र पश्चिम पहाडमा डुब्ने सूर्यास्तको दृश्य चन्द्रागिरि बाट रोमाञ्चक देखिन्छ ।
हिमाल, बादल, हरियाली, प्राकृतिक चिसो र उपत्यका तथा दक्षिण भेगमा रहेका साना गाउँवस्तीहरुको मनोरम दृश्यवलोकनमा रमाउनेहरुका लागि यो एउटा स्वर्गको टुक्रा भन्दा कम लाग्दैन ।
इतिहासको साक्षी
चन्द्रागिरिमा खोटाङबाट काठमाडौं घुम्न आएका श्रीकृष्ण थापा पनि भेटिए । उनले पृथ्वीनारायण शाहको एकीकरणका अभिलाषा जन्माउने ठाउँ भएकाले चन्द्रागिरि घुम्न आएको बताए ।
‘नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले चन्द्रागिरि बाट काठमाडौं हेरेको र यहाँबाट देखिएको दृश्यले काठमाडौं जित्ने अठोट गरेको भन्ने पढेका थियौं,’ उनले भने,’थोरै खर्चमा यस्तो अविश्वसनीय ठाउँमा आउन पाइने भएपछि साथीहरु लिएर आएँ ।’
उनले भनेजस्तै पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कंदा चन्द्रागिरि हुँदै फर्केको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गरेको उनका उपदेशमा उल्लेख छ ।
शाहको यो यात्रामा साथै रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको इच्छा पूरा हुने भविष्यवाणी समेत गरेको इतिसकार प्रा.डा. दिनेशराजपन्तले उल्लेख गरेका छन् ।
पृथ्वीनारायण शाहले पर्वतमा बसेर आध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वास समेत छ ।
चन्द्रागिरिमा अहिले सबै उमेर समूहका पर्यटकहरु पुगिरहेका छन् । धेरैले कल्पनासम्म नगरेको चन्द्रागिरि पर्वत पुग्ने इच्छा सहजै साकार हुने भएपछि यो काठमाडौंमा नयाँ आकर्षणको केन्द्र बनेको छ ।
केबलकारको क्षमता र लाग्ने खर्च
चन्द्रागिरिको केबलकारमा आउने-जाने यात्रा गर्दा ७ सय रुपैयाँ भाडा लाग्छ । यो सुविधालाई धेरैले रुचाएका छन् । आइडी कार्ड भएका विद्यार्थी, थानकोटका स्थानीय बासिन्दा, ३ फिटभन्दा होचा बालबालिका र अपांगहरुलाई विशेष छुटको प्रवन्ध गरिएको छ ।
केबलकारको बेस स्टेशन थानकोटमा छ । थानकोटबाट केबलकारमा चन्द्रागिरि पुग्न केबलकारमा ९ देखि १४ मिनेट लाग्छ ।

पर्यटक तथा दर्शनार्थी ओसार्न ३८ वटा क्यारियर सञ्चालन गरिएको आइएमई समूहका जनसम्पर्क व्यवस्थापक राजु पौडेलले अनलाइनखबरलाई बताए । एउटा क्यारियरमा ८ जनासम्म अटाउँछन् । यिनले दिनमा झण्डै १० हजार पर्यटकलाई चुचुरोमा पुर्याउने र फिर्ता गर्ने क्षमता राख्छन् ।
‘काठमाडौंभित्रैबाट केबलकार चढेर धार्मिकरुपले विशेष महत्व राख्ने मन्दिरसम्म आउनु आफैंमा अनुपम छ । झनै चन्द्रागिरिको चुचुरोबाट अभूतपूर्व प्राकृतिक सौन्दर्यतलाई नियाल्न पाइने भएकाले धेरैले यसलाई नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्वीकारेर यहाँ आइरहनुभएको छ’ पौडेलले भने ।
स्वादका पारखीलाई पनि विशेष
चन्द्रागिरि बाट काठमाडौं उपत्यकाको दृश्यावलोकन पनि गर्न सकिन्छ । त्यहाँ भ्यु टावर निर्माणको काम अन्तिम चरणमा छ । तर, पनि उच्च ठाउँ भएकाले दृश्यावलोकनका लागि टावर नै भने चढ्नुपर्ने अवस्था छैन ।
चन्द्रागिरि पुगेर मन्दिर दर्शन गर्ने तथा दृश्यावलोकनमा रमाउनेहरुलाई खाना-खाजाको उच्चस्तरको प्रवन्ध गरिएको छ । ग्राहकको अर्डर अनुसार सबै किसिमका परिकारहरु मन्दिर परिसरमा सञ्चालन गरिएको होटलमा उपलब्ध छ । चिसो मौसममा स्वादिष्ट परिकारका साथ रमाउन चाहानेहरुका लागि पनि यो राम्रो गन्तव्य हो ।
अभिभावकका साथ पुग्ने बालकालिकालाई रमाउन चिल्ड्रेन पार्कको पनि व्यवस्था छ । चन्द्रागिरिमा उच्च स्तरको सभाहल पनि निर्माण भइसकेको छ । यहाँ सभा, सेमिनार र गोष्ठी लगायत कार्यक्रमहरु पनि गर्न सकिन्छ । यस्तै चन्द्रागिरिमै रिसोर्ट निर्माणको काम पनि तीव्र गतिमा चलिरहेको छ ।

Post a Comment