बाढीले सेती नदीको बाँध बगाउँदा विद्युत उत्पादन बन्द

भदौ २, पोखरा । पोखराको सिंचाई र विद्युत उत्पादनका लागि निर्माण गरिएको सेती नदीको बाँध बुधबार राति बाढीले बगाउँदा नहर ठप्प भई विद्युत उत्पादन बन्द भएको छ ।नहरमा पानी नभए पछि सयौं हेक्टर खेतीयोग्य जमिन सिंचाईबाट बञ्चित भएको छ । जसका कारण विद्युत उत्पादन बन्द हुँदा दैनिक १० लाख रुपैयाँ घाटा हुने भएको छ ।
२०४२ सालमा चीन सरकारले १३ सय हेक्टर जमिन सिंचाई र सेती फेवा जलविद्युत केन्द्र संञ्चालन गर्न बनाएको सो बाँध समयमै मर्मत नगर्दा नहरको बाँध नै बाढीले बगाएको हो ।नहरको पानीबाट सेती फेवा जलविद्युत आयोजनाले १ दशमलव ५ र ट्राक्स हाइड्रो पावरले १ मेगावाट गरी २ दशमलव ५ मेगावाट विजुली उत्पादन गर्दै आएको छ ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2