बालकृष्ण वाग्लेको “मेरी बुढीको रिसै तगडा” चर्चामा.... (भिडियो हेर्नुहोस्)


   बिनोद ढुंगाना



भदौ १ पोखरा ।
“बोल्नै हुन्न पाखुरी सुर्काउछे 
माइत जान्छु भनेर घुर्काउछे
मेरी बुढीको रिसै तगडा
शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के लायो  
गर्दिन म भन्दानि हुन्छ झगडा ...।”
आफ्नी श्रीमतीको बारेमा अरुसँग नकरात्मक कुरा गर्दा प्राय श्रीमानले यस्तै भन्छन् । यिनै शब्दहरु समावेश गरीे तिजलाई लक्षित गर्दै  प्रतिभाशाली गायक बालकृष्ण वाग्लेले बजारमा ल्याएको गीत “मेरी बुढीको रिसै तगडा” ले निकै चर्चाको कमाएको छ । प्रतिभाशाली गायक बालकृष्ण वाग्ले र चर्चित गायिका टिका पुनको स्वर रहेको गीतमा संकलन गायक वाग्लेको नै छ । 


कपिल लामाले निर्देशन गर्नुभएको भिडियोलाई हास्यव्यंग क्षेत्रका चर्चित कलाकारहरु निर्मली, दर्शने, सरापे र अनिताको अभिनयले उत्कृष्ट बनाएको छ । गीत कामना डिजिटलबाट बजारमा आएको हो ।
गीतको भिडियो हेर्नुहोस् :-

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2