निखिल अभिनित 'किङ' को लिरिकल भिडियो 'भ्रुम भ्रुम..’ सार्वजनिक ( भिडियो हेर्नुहोस् )


भदौ ९, काठमाडौं ।स्टार अभिनेता निखिल उप्रेती स्टारर प्रतिच्छित फिल्म 'किङ' को पहिलो गीत रिलिज भएको छ । युट्युवमा सार्वजनिक लिरिकल भिडियो गीत आकर्षक ढंगले तयार गरिएको छ । नेपाली फिल्ममा हालसम्म प्रयोग गरिएका विभिन्न  प्रचार स्टाईल भन्दा विल्कुलै फरक तरिकाले तयार गरिएको लिरिकल भिडियो हेर्दा दर्शकलाई आकर्षक लाग्न सक्छ भने सुन्दा पनि सुमधुर लाग्छ । केहि अङ्ग्रेजी तथा केहि नेपाली शब्द समावेश गीतको शब्द, संगीत युवापुस्ता लक्षित छ ।

'भ्रुम भ्रुम' बोलको गीतको शब्द सुजेन्द्र डि कार्की र विनोद ढकालको हो भने गीतमा संगीत पनि सुजेन्द्रले नै भरेका छन् । गीतमा स्वर विनोद ढकालको छ ।  जगन श्रेष्ठको प्रस्तुतीमा तयार 'किङ'लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निखिलसँगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।

दशैंको असोज २१ रिलिजको तयारी भईरहँदा प्रचारलाई अगाडी बढाउने उद्देश्यले सुरुमा लिरिकल भिडियो सार्वजनिक गरिएको निर्माता जयनले बताए । त्यसो त केहि हप्ता पहिले सार्वजनिक फिल्ममा समावेश फर्स्टलुक तश्विरले मिडियामा एक प्रकारको हाईप बनाईसकेको छ ।

करोड बढि बजेटको फिल्मको केहि दिनमा नै टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । 'किङ'लाई राजधानीमा गोविन्द शाही र मोफसलमा डिसियनले वितरणको जिम्मा लिईसकेको छ ।


फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् । फिल्ममा व्रान्ड म्यानेजर अतुलराज मैनाली छन् । रामजी लामिछानेको नृत्य समावेश फिल्ममा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामको संगीत छ । 

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2