सुमन गुरुङको ‘जब जब’ गीत सार्वजानिक

काठमाडौं, साउन ३२। गायिका सुमन गुरुङ आजकाल होसमा छैनन्। जबदेखि मोडल भुवन घोरासैनीलाई उनले देखिन् उसको मन बसमा छैन। यो घटना उनीहरुको वास्तविक जीवनमा नभई भर्खरै सार्वजानिक भएको गीत ‘जब जब’ मा रहेको छ। पप शैलीमा रहेको ‘जब जब’ बोल गीतको म्यूजिक भिडियो मंगलबार युट्युबमार्फत सार्वजानिक गरिएको छ
उनको गीतमा शब्द/संगीत रिकेश गुरुङले दिएका छन् भने भिडियोलाई जेडी तमुले निर्देशन गरेका छन्। गीतमा सुमनले आफैं मोडलिङ गरेकी छिन् भने स्वर पनि आफैले दिएकी छन्। सार्वजनिक गरिएको उक्त भिडियोको सम्पूर्ण प्रतिलिपि अधिकार जिनियस म्यूजिकमा निहित रहेको जनाइएको छ। यस च्यानलमा रहेका गीत, संगीत तथा म्यूजिक भिडियोहरु कपी, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2