कैँची प्रहार गरी श्रीमतीको हत्या


भदौ २, मोरङ । मोरङको पथरी शनिश्चरेमा श्रीमानको कैँची प्रहारबाट बुधबार एक महिलाको मृत्यु भएको छ । पथरी शनिश्चरे–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारले मङ्गलबार सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाई कपडा काट्ने कैँचीले टाउकोमा प्रहार गरेका थिए । 

घाइते कल्पनाको स्थानीय अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । श्रीमतीको हत्या गर्ने श्रीमानलाई इप्रका, पथरीमा राखेर अनुसन्धान भइरहेको छ । 

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2