गोली प्रहारबाट कपिलवस्तुमा एकको मृत्यु


भदौ ३, कपिलवस्तु । कपिलवस्तुको शौराहा गाविस ३ बेलभरियामा अज्ञात व्याक्तिको गोली प्रहरबाट एक जनाको मृत्यु भएको छ । बेलभरियाका कुमार मल्लाहका ३२ वर्षीय छोरा राजु मल्लाहको मृत्यु भएको हो ।सुतिरहेको अवस्थामा राति करिब २ बजे राजुमाथि गोली प्रहार भएको परिवारले जनाएका छन् ।गोली प्रहर गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।आक्रमणकारीले मल्लाहको निधारमा गोली प्रहार गरेका थिए । घटनास्थल सदरमुकार तौलिहवादेखि करिब ५ किलोमिटरको दूरीमा पर्छ ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2