मनासलु पदमार्गमा पहिरो, एकजना विदेशीसहित ४ को मृत्यु, ६ घाइते


Loading...

असोज ६,गोरखा ।  गोरखा मनासलु पदमार्ग अन्तर्गत केरौंजा गाविस-९ को दोभानमा पहिरोमा पुरिएर एकजना विदेशीसहित चारजनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । 
बिहीबार बिहान ८ बजेतिर पहिरो गएको स्थानीय बासिन्दाले जनाएका छन् । पहिरोमा परि स्पेनिस नागरिकसहित ओखलढुङ्गा घर भएकी क्यान नेपालकी कर्मचारी २५ वर्षकी रञ्जना बस्नेत, पर्यटक गाइडहरु काठमाडौंका ३५ वर्षका दोर्जे  लामा र ३० वर्षका छिरीङ शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । स्पेनिस नागरिकको परिचय खुलेको छैन । 
घाइतेहरुलाई दिउँसो १ बजे मात्रै हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । गम्भीर घाइते हुनेहरुमा तीन विदेशी पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । 
घटनास्थल आसपासमा अझैपनि पहिरो खसिरहेको प्रहरीले जनाएको छ । गोरखा सदरमुकामबाट घटनास्थल पुग्न पैदलयात्राबाट ४ दिन लाग्छ । प्रहरीले दिएको जानकारी अनुसार १५ जना पर्यटकको टोली उहियाको खोर्लावेशीमा बास बसेर लार्केपास गर्न मनासलु क्षेत्र तर्फ गएका थिए । 
उनीहरुमध्येकै ४ जनाको पुरिएर ज्यान गएको हो । गएको वर्ष बैशाख १२ गतेको भूकम्पपछि मनासलु पदमार्गका विभिन्न ठाउँमा पहिरो गएको थियो । पहिरोको जोखिम अझैसम्म रहिरहेपनि पर्यटकहरुको आवतजावत सुरु भएको हो । पदमार्ग अन्तर्गत अलि बढी जोखिममा रहेको बाटो मर्मतका लागि स्थानीय बासिन्दाले पटक पटक आग्रह गरेपनि सरकारी निकायले काम सुरु गरेका छैनन् । बाटो मर्मत गरिदिन माग गर्दै एक हप्ताअघि मात्रै मनासलु पदमार्गका बासिन्दा सदरमुकाम आएका थिए । उज्यालो अनलाइनबाट
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2