नेपाली चेली इन्दिरा व्युटिफुल ओमेन अफ बहराइनको फाइनल चरणमा


Loading...

न्यूजनेपाल २४
भदौ ३०, पोखरा ।
पर्वत हुवासकी इन्दिरा क्षेत्रि बहराइनको चर्चित म्यागजिन बहराइन कन्फिडेन्टलले आयोजना गरेको व्युटिफुल ओमेन अफ बहराइनको उपाधिको अन्तिम चरणमा प्रवेश गरेकी छन् । बहराइनमा बसोबास गर्ने विभिन्न देशका महिलाहरुमाझ म्यागजिनले क्षमता प्रर्दशनको निम्ति आह्वान गर्दा  पहिलो पटक नेपाली चेली इन्दिराले सहभागिता जनाएकी हुन् । 

विश्बका विभिन्न देशका हजार बढी महिलाहरुले सहभागिता जनाएको उक्त स्पर्धामा उनिसँगै अन्य १० जना अन्तिम चरणमा पुगेका छन् । विगत १२ बर्षदेखि विदेशी भुमिलाई कर्मथलो बनाउदै आएकी इन्दिरा अन्तराष्ट्रिय कलाकार मञ्च बहराइनकी सकृय सल्लाहाकार हुन् ।


Loading...
विश्वसामु नेपालको शान उच्च पार्नको निम्ति आफुले सहभागिता जनाएको भन्दै उनले आफुलाई जिताउन सबैमाझ आग्रह  गरेकी छन् । उनलाई जिताउनको लागी बहराइन  कन्फिडेन्टलकोे आधिकारीक फेसबुक पेजमा पोस्ट गरिएको उनकोे तस्बिरमा अत्याधिक लाइक गनुपर्ने छ । लाइक गर्ने समयअवधि  ३० सेप्टेम्बरसम्म रहेको छ ।

उनलाई लाइक गर्नको लागि कृपया यहाँ क्लिक गर्नुहोला


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2