Loading...
दसैँमा अरु बेलाभन्दा मोटरसाइकल किन्नेहरु धेरै हुन्छन्।
अन्य महिनाको तुलनामा चाडवाडका बेला बढी मोटरसाइकल विक्री हुने गरेको सम्वद्ध कम्पनीहरु बताउँछन्। चाडबाडलाई लक्षित गरी कम्पनीहरुले भारतबाट नयाँ मोडेलका मोटरसाइकल झिकाउने गरेका छन्।
यस पटकको चाडबाडमा पनि बजाज, होन्डा, हिरो, सुजुकी लगायतका कम्पनीहरुले ग्राहक तान्न आर्कषक अफरहरु ल्याएका छन्।
हिरो
‘जाउँ हिरो किन्न, सुनचाँदी पैसा पाउँ’ अफर हिरोले ल्याएको छ। मोटरसाइकल र स्कुटरको खरिदमा नेपाल जनरल मार्केटिङ प्रालिले छुटको अफर ल्याएको हो।
मोटरसाइकल किन्दा ६ हजार छुट र स्कुटर किन्दा ८ हजार छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। साथै स्क्रयाचमा १ वा २ ग्राम सुन तथा २० देखि ५० ग्राम चाँदी पनि जित्न सकिने कम्पनीको भनाई छ। बम्परमा हरेक हप्ता १ लाख एक जनाले पाउने बताइएको छ।
बजाज
बजाजका मोटरसाइकलले आफ्ना कम्पनीको मोटरसाइकल खरिदमा स्क्र्याच कुपन दिने गरेको छ। जसमा ६ हजारदेखि १ लाखसम्म पाइने बजाज मोटरसाइकल टेकु शोरुम सेल्स शाखाका दिलबहादुर राईले बताए।
यामाहा
यसपालिको दसैँमा यामाहाले हरेक मोटरसाइकल र स्कुटरको खरिदमा ८ हजार छुटको व्यवस्था गरेको छ। हरेक हप्ता एक जनालाई जापान भ्रमण लैजाने कम्पनीले बताएको छ। जापानको टोकियोमा यामाहाको टेक्नोलोजी अवलोकन गर्ने अवसर जुटाइने सो कम्पनीले जनाएको छ।
होन्डा
स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो नयाँ दसैँ तथा तिहार स्किम होन्डा ह्विल फर्चुन अफर बजारमा ल्याएको छ। यस स्किम अन्तर्गत होण्डाका ग्राहकहरुले विभिन्न नगद तथा उपहार जित्ने अवसर पाउने छन्।
होण्डा मोटरसाइकल किन्दा स्क्र्याच कुपनमार्फत १ लाख सम्मको उपहार, नगद छुट, ५ वर्षको लागि स्पेयर पार्टस्मा १०५ रुपैयाँ छुट तथा ५ हजार ६ सय बराबरको १६ पटकसम्म थप फ्रि सर्भिस कुपन पाउन सकिनेछ। होण्डा बिग बाइक किन्दा आकर्षक नगद छुट रहेको होन्डाका निजनलाल श्रेष्ठले जानकारी दिए।
सुजुकी
बजारमा अहिले सुजुकीका मोटरसाइकलले राम्रो स्थान पाउन थालेको छ। यसपालिको दसैँमा सुजुकीको बाइक किन्दा ७ हजारदेखि १ लाखसम्म पाइने सुजुकी बाइकका मार्केटिङ म्यानेजर समित सिंहले बताए। स्क्रयाच कुपनमार्फत सो व्यवस्था गरिएको उनले बताए। यसका साथै हरेक महिना एक जनालाई जिक्सर एसअफ मोटोजिपी मोटरसाइकल लक्की ड्र मार्फत उपलब्ध गराइने उनले बताए। सेतोपाटीबाट
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
Loading...

Post a Comment