खेमजीको दशैँ गीत “आँशु नझारे आमा” भिडियो हेर्नुहोस् पक्कै आँशु झार्नेछ


Loading...

न्यूज नेपाल २४ 
असोज ४, पोखरा । गायक खेमजी रानाको दशैँ गीत “आँशु नझारे आमा” बजारमा आएको छ । सबैलाई रुवाउने गीत खेमजी राना,संगीत आले र सम्झना रानाको स्वरमा छ । लय तथा शब्द सिर्जना गायक खेमजी आफैले गरेका हुन् । गीत मारुनी रेर्कडिङ स्टुडियोमा रेर्कड भएको हो ।

चाडपर्वको बेला छुट्टी नपाएपछि परदेशबाट नफर्कने भन्दै छोराले बाटो हेर्दै आमालाई आँशु नझार्न गीतमा अग्रह गरिएको छ । 

मनाङ गुरुङले निर्देशन गरेको भिडियोलाई पवन सिंखडाले छायांकन एवंम सम्पादन गरेका हुन् । गीतमा निर आले, संगिता आले ,सुनिता गुरुङ, एलिन राना, अनिता गुरुङको अभिनय छ । 

गायक खेमजीको यसअघि भेट भयो धादिङ बजारमा, हाँसी हाँसी नाचिदेऊ माया गीत बजारमा आएको थियो भने केही गीत बजारमा आउने तयारीमा छन् ।

खेमजी आफ्नो गीतमा सम्पुर्ण परदेशीको पिडा समेटिएको र परदेशमा रहँदा चाडपर्व परिवारसँगै भएर मनाउने रहर हुदाँ हुदै पनि घर फर्कने छुट्टी नपाउदा बाध्यतावश परदेशमै रहेर आमाबाबा र आफन्तजनलाई सम्झेर  गीत तयार पारिएको बताउँछन् ।

अरु बेला परदेशको जुन ठाउँमा रहेपनि चाडपर्वको बेला परिवार सँगै चाडपर्व मनाउनुपर्छ भन्ने सन्देश गीतबाट दिन खोजिएको खेमजीले जानकारी दिए ।
 भिडियो हेर्नुहोस् :


अन्य भिडियोहरु हेर्नका लागि तल क्लिक गर्नुहोस्

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2