एमाले युवा संघले माग्यो प्रधानमन्त्रीको राजीनामा


३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको छ ।
भारत भ्रमणका क्रममा परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरित सम्झौता गरेको आरोप लगाउँदै युवा संघ नेपालले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
युवासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा संघका नेताहरुले प्रचण्डले नेपालको आन्तरिक मामिलाका विषय समावेश गरेर भारतसँग सम्झौता गरेको आरोप लगाए ।
नेपालको विदेश मामिला सम्बन्धी दृष्टिकोणमा भारतलाई जर्बजस्ती हावी गराएको, सुगौली सन्धि लगायतका असमान सन्धिका विषयमा कुरा नउठाएको, हुलाकी मार्ग लगायतका विकास निर्माणका महत्वपूर्ण परियोजनामा प्रचण्ड नेतृत्वको सरकार भारतसँग झुकेको युवा संघको आरोप छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2