सर्वोच्चलाई सरकारको दोस्रो जवाफ-‘नियुक्ति फाइल लोकसेवामा’


Loading...
असोज ११,काठमाडौं ।सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी फाइल आफूसँग नभई लोकसेवा आयोगमा रहेको जवाफ दिएको छ ।अदालतको आदेश अनुसार मन्त्रालयले सोमबार दोस्रोपटक जवाफ पठाउँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नहरेको र राय माग्न लोकसेवा आयोगमा पठाएको जानकारी गराएको हो ।
यसअघि तथ्यांक विवरण राख्ने कार्य व्यवस्थित नभएकाले फेला पार्न नसकेको र फेला पर्नासाथ बुझाउने जवाफ दिएको थियो ।सामान्यको जवाफ आएको र केही फाइल लोकसेवासँग रहेको पत्रमा उल्लेख भएको सर्वोच्चका प्रवक्ता नकुल सुवेदीले बताए ।
भूकम्पमा हराएको भनिएको विवादस्पद फाइल दोस्रो आदेशपछि प्रधानमन्त्री कार्यालयले शिलवन्दी रुपमा अदालतमा पेश गरेको दुईदिन पछि सामान्यको दोस्रो जवाफ अदालत पुगेको हो ।कार्कीलाई कारवाही गर्ने वा नगर्ने विषयमा २०६२/०६३को जनआन्दोलन पछि सामान्यले लोकसेवाको राय माग गर्दै पत्र लेखेको भएपनि सम्पूर्ण फाइल पठाएको थिएन । आजको नागरिक दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला 

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2