गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु, पाँच घाइते


Loading...

असोज ५,गुल्मी। वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् ।पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् ।
गएराति वर्षाका कारण उद्योग माथिबाट ढिस्कोसँगै खसेको पहिरोमा पुरिएर घाइते बनेका थापाको उपचारका क्रममा राति नै स्थानीय स्वास्थ्य चौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख महेन्द्र नेपालले बताएका छन् । पहिरोमा पुरिएर जुनिया–५ का ३५ वर्षीय खेमराज थापा, उनकी श्रीमती ३२ वर्षीय सुनिता थापा, ३ वर्षीया छोरी हीरा थापा र सात वर्षीया वर्षा थापा र दिब्रुङ–६ का ३१ वर्षीय दीपक थापा घाइते भएका छन् । उनीहरुको स्थानीय शान्तिपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।गएराति परेको अविरल वर्षाका कारण गुल्मीको विद्युत् सेवासमेत अवरुद्ध बनेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2