Loading...
असोज १ ,नयाँ दिल्ली चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको सरप्राइज शुभकामना दिएका छन् ।प्रधानमन्त्री दाहालले आफुलाई जन्मदिनको सरप्राइज शुभकामना दिएको बताउँदै भारतीय प्रधानमन्त्रीले खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भारतीय प्रधानमन्त्री मोदीले आफुलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जन्मदिनको शुभकामना दिएको र उहाँले दिएको शुभकामनाले आफु निकै हर्षविभोर भएको बताएका छन् ।
भारतका प्रधानमन्त्री मोदीकोशनिबार ६७ औं जन्मदिन हो । मोदीले आफूलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले जन्मदिनको शुभकामना दिएको भनेर ट्वीट गर्दै खुशी व्यक्त गरेको भन्दै भारतीय सञ्चारमाध्यामहरुले समाचार प्रसारण–प्रकाशन गरेका छन् । मोदी भारतका १४ औं प्रधानमन्त्री हुन् । उनको जन्म सन् १९५० मा भएको थियो ।काठमाडौ टुडेबाट
यो पनि पढ्नुस्:एमालेद्धारा लोकतन्त्र र संविधानलाई कार्यान्वयमा योगदान पुप्याउन आह्वान
Loading...
Loading...


Post a Comment