Loading...
भदौ ३१,काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाद्धारा निर्मित हाँस्य व्यङ्ग्यमा आधारित चलचित्र छक्का पञ्जा रिलिज भएको शुक्रबार एक हप्ता भएको छ । एक हप्ता बितिसक्दा पनि चलिचित्र हेर्न मानव सागर आर्लिएको भन्दै कलाकार दीपकराज गिरी हर्षित भएका छन् । उनले फेसबुकमा स्ट्याटस लेख्दै चलचित्र हेर्न मानव सागर उर्लिएकोमा हर्षित भएको बताएका हुन् । चलचित्र सफल भएपछि कलाकर गिरीले निर्देशक उज्जवल घिमिरे र दिनेश डिसी सम्झिएका छन् । घिमिरे र डिसीबाट धेरै पाठ सिकेकाले नै चलचित्र सफल हुन सकेको उनले बताएका छन् ।
Loading...
यति धेरै दर्शकले चलचित्रलाई माया गरेपछि छक्का पञ्जा टोली हौसिएको छ । कलकार गिरीले छक्का पञ्जा सफल हुनुनै सम्पूर्ण नेपाली चलचित्रको जित भएको उल्लेख गरेका छन् । चलचित्र दीपाश्री निरौलाको निर्देशनमा बनेको हो ।
Loading...


Post a Comment