मर्मस्पर्शी गीत “ए न्याउली” बजारमा ( भिडियो सहित )


Loading...


सुरज गैरे 'विवश'
असोज ५, पोखरा ।
नेपाली लोक दोहोरी क्षेत्रमा नव सर्जक पिताम्बर पाण्डेले  “ए न्याउली” बजारमा ल्याएका छन् । पाण्डेको शब्द तथा लय सिर्जना रहेको गीत चर्चित गायक खुमन अधिकारीको एकल स्वरमा रहेको छ । गीतमा  न्याउली चरीलाई एक्लै नसम्झन भनिएको छ । गीत भावना म्युजिक सोलुसनबाट बजारमा आएको हो ।

निकै नै मर्मस्पर्शी रहेको गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । बिल अधिकारी र  खुशी क्षेत्रीले उत्कृष्ट अभिनय गरेका छन् । गीतमा राजेश घिमिरेको छायांकन र सुजन शाहीको सम्पादन छ ।  
गीतमा पिताम्बर पाण्डे र सुरज शर्माले संयुक्त लगानी गरेका छन् । यसअधि पाण्डेको लय सिर्जनामा रहेको गीत 'लगाईदिउला सिक्री'  बजारमा आएको थियो ।

गीतलाई न्यूजनेपाल २४ को तर्फबाट सफलताको शुभकामना ।


कृपया अन्य भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2