मिलन लामाले ल्याए पर्यटन प्रर्बद्धनमा टेवा पुप्याउने “ठमेल बजारमा” ( भिडियो सहित)


Loading...


न्यूजनेपाल २४
असोज ५, पोखरा । चर्तित गायक मिलन लामाको नेपाली पर्यटनलाई प्रर्बदन गर्ने नयाँ गीत “ठमेल बजारमा” सार्वजनिक भएको छ  । मिलनले आफ्नै युट्युब च्यानल मार्फत गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा मिलनसँगै रिचा बुलुन तामाङको स्वर छ । शब्द तथा लय सिर्जना मिलन आफैले गरेका छन् ।

हातेमालो क्रियशनको प्रस्तुति रहेको गीतको भिडियोलाई शिव बि.क.को निर्देशन ,शम्भु चालिसेको छायांकन, रविन बि.क. को सम्पादनमा तयार पारिएको हो । मिलन,भावना गुरुङ, हास्य कलाकार रेशम फिरिरि, शिल्पा, सन्तोष र अनिल लगायतको अभिनय देख्न सकिन्छ ।

गीतमा नेपाली ठिटो र सिक्मिकी युवती बिचको संवादलाई पर्यटन प्रर्बद्धन हुने तरिकाले प्रस्तुत गरिएको छ । गीतमा सिक्मिेली युवतीले नेपाली युवक, मादल सारङगीको निकै  प्रशंसा गरेकी छन् । 

नेपाली लोकसंगीतको क्षेत्रमा थुप्रै गीतहरु बजारमा ल्याएका मिलनको माझीदाई पोखरा फेवा तालको , साइकल चढेर ,ओइलकम टु नेपाल मेड इन नेपाल ,पर्वतको बाच्छा गाउँमा लगायतका गीतहरु पनि नेपाली पर्यटन प्रर्बद्धनमा टेवा पुप्याउने खालका छन् ।
भिडियो 

अन्य भिडियो हेर्नको लागी तल क्लिक गर्नहोस्

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2