सल्यानमा धुवाँबाट निस्सासिएर एकको मृत्यु, दुईजना गम्भीर घाइते


Loading...

असोज ३, दाङ । सल्यान–८ फालावाङ निवासी इन्द्रलाल विष्टको धुवाँबाट निस्सासिएर मृत्यु भएको छ भने सोही ठाउँ निवासी धर्मबहादुर योगी र टोपबहादुर विक बेहोस भएका छन् । दाङको तुलसीपुर–३ गणेशपुरस्थित कोठा भाडा लिई बस्दै आएका उनीहरुले राति लामखुट्टे धपाउन भुसेचुलो बालेको र सो धुवाँले निस्सासिएर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । 

उनीहरुले आइतबार साँझ कोठामा भुसेचुलो बालेर ढोका बन्द गरी सुतेको र कोठामा कतैबाट पनि हावा पास नभएका कारण कोठाभरि विषाक्त ग्यास कार्बनडायअक्साड, मोनोअक्साइड भरिएपछि अक्सिजनको अभावमा विष्टको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । योगी र विकको पनि अवस्था गम्भीर रहेको र उनीहरुको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2