बहराइनको 'टपटेन' सुन्दर महिलामा नेपालकी इन्दिरा


युएई - बहराइनको चर्चित म्यागेजिन बहाराइन कन्फिडेन्टलले आयोजना गरेको  व्युटिफुल उमन अफ बहराइनमा भाग लिएकी  लिएकी  इन्दिरा क्षेत्री टप टेन मा परेकी छन्।  
 पर्वत जिल्ला हुवास ३  हातेमालो चोक घर भएकी इन्दिराले विभिन्न देशका महिलाहरुलाई पछि पार्दै टप टेनमा पर्न सफल भएकी हुन्।
 नौ बर्षदेखि उनि बहराईनमा कार्यरत छिन्। बहराइनमा  सामाजिक कार्यमा सक्रिय उनी साहित्य समाज बहराइनको उपाध्यक्ष  अन्तराष्ट्रिय कलाकार समाज बहराईनको सल्लाहाकार हुन्।
कन्फिडेन्टल म्यागाजिनले आयोजना गरेको व्युटिफुल उमन अफ बराइन प्रतियोगिता  दोस्रो हो।
हामी केही गर्न सक्दैनौ भन्ने सोच राख्छौ त्यसैले पछि पर्ने उनको धारणा छ। टपटेनसम्म पुगेकी उनलाई अबको राउन्डमा विजयी गराउन फेसबुकमा फोटो लाइक गर्नुपर्ने हुन्छ। 'मलाई जिताउन म सम्पूर्ण नेपालीहरुलाई मेरो फोटोहरु लाइक गर्न अाग्रह गर्दछु', उनले भनिन्। फेसबुकमा लाइक गर्ने समय सेप्टेम्बर ३० सम्म रहेको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2