अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै एक युवकको गोली हानी हत्या


Loading...

असोज १,धनकुटा, । धनकुटाको डाडाँगाउँ गाविस-१ मा अर्काकी श्रीमतीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा एक युवकको गोली हानी हत्या भएको छ । आफ्नी कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको भेटेर चक्र भनिने खड्गबहादुर गुरुङले धनकुटा नगरपालिका–१४ बेलहराका प्रेम भण्डारीको हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । उनले भरुवा बन्दुकले गोली हानेका थिए ।

Middle post
Loading...
डाँडागाउँ गाविस क्षेत्रमा ट्याक्टर चलाउँदै आएका प्रेमको लास घटनास्थल नजिकै रहेको खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । हत्या आरोपमा खड्गबहादुरलाई प्रहरीले पक्रेको छ । ‘वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका कान्छा छोराकी श्रीमतीसँग प्रेमले खुल्ला चौरमा यौन क्रियाकलाप गरेको देखेँ । रिस थाम्न सकिन । त्यसैले घरमा रहेको बन्दुक ल्याएर गोली हानेँ’ खड्गबहादुरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 
प्रहरीसँगको बयानमा उनले हत्या गरेको स्वीकारेको प्रहरी उपरिक्षक विभुतीराज पाण्डेले बताउनुभयो ।उज्यालो अनलाइनबाट

यो पनि पढ्नुस्: मुनाको दिपकलाई आग्रह मेरो याद बिर्स अब उनलाई माया गर .... भिडियो सहित


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2