Loading...
६ असोज, काठमाडौं । रिबन ईन्टरटेनमेन्टको मिसेस नेपाल ईन्टरनेसनल सिजन टु मा भाग लिएका प्रतिष्प्रर्धीहरूले आफुहरूमाथि आयोजकले पक्षपात गरेको आरोप लगाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एक महिना लामो समयसम्म तालिम लिएर फाईनल सोमा आयोजकले आफूहरूमाथी अपमान गरेको मञ्जीला शर्माले बताइन् ।
उनले भनिन्, ‘हामी सम्मानको लागि विस्वाश गरेर आयोजकले भनेको कार्य गर्न तयार भयौं, तर अन्त्यमा टप २० मा नसमेटिएका व्यक्तिलाई उत्कृष्ट घोषणा गरेको अवस्थामा हामी ठगिएको महसुस भयौं अनि आज हामी यो स्थानमा आएका छौ ।’
कार्यक्रममा अर्की प्रतिष्प्रधी रिना गुरुङले थपिन्, ‘आयोजक संस्था रिबन ईन्टरटेनमेन्टले ताज दिएन भनेर हामीले बिरोध गरेका होईनौं, प्रतिष्पर्धाको नाममा बारमा लिएर अनैतिक सम्बन्ध र अनुचित व्यवहार गर्न खोज्नुजस्तो जघन्य अपराधको बिरोध गरेका हौं ।
‘
कार्यक्रममा प्रतिमा भण्डारी, शुलोचना गुरुङ र संज्ञा श्रेष्ठले पनि तालिमको क्रममा आयोजकले अपमानजनक व्यवहार गरेको बताए ।
‘
कार्यक्रममा प्रतिमा भण्डारी, शुलोचना गुरुङ र संज्ञा श्रेष्ठले पनि तालिमको क्रममा आयोजकले अपमानजनक व्यवहार गरेको बताए ।


Post a Comment