Loading...
भदौ २७, काठमाडौं । चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १० वटा मुसाको परीक्षण गर्दा सातवटामा माइट पाइएको हो । संक्रमित मुसाको रगत र स्क्रब टाइफस रोग लागेका बिरामी र उनीहरुको वरपरका मानिसको रगत परीक्षणका लागि सोमबार प्रयोगशाला पठाउने तयारी छ ।
Loading...
स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गरिएको हो । शारदानगर, पार्वतीपुर, शङ्कर चोक र विकास चोकमा विशेष गरी अध्ययन भइरहेको जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताउनुभयो ।लामिछानेको नेतृत्वमा किटजन्य रोग विज्ञ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सुरुवा रोग अस्पताल टेकु र जनस्वास्थ्य कार्यालयका विज्ञसहितको टोलीले अध्ययन गरिरहेको हो । स्क्रब टाइफसको सङ्क्रमण ३२ जिल्लामा देखिएको छ । चितवनमा अध्ययन सकेपछि अरु जिल्लामा पनि थाल्ने तयारी छ ।
Loading...


Post a Comment