तस्करीको ट्रान्जिट बन्दै बझाङको उरै नाका


Loading...

असोज ९,बझाङ ।बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि गरिएको छैन ।


यो नाकाबाट खुलेआम यस्तो कारोबार भइरहेको छ । नेपालको सीमा प्रहरी चौकी रहेको काडा गाविसको धुली गाउँबाट झन्डै ३० किलोमिटर टाढाको नेपाल–चीन सीमा वरिपरि ठाउँ–ठाउँमा अस्थायी टहरा नै बनाएर तस्करले खुलेआम यस्ता सामान ओसारिरहेका देखिन्छन् ।

खुला हिमाली पाटनमा प्रतिबन्धित जडीबुटी सुकाइएका हुन्छन् भने तिब्बत लैजान अस्थायी टहराभित्र बोरामा राखिएका हुन्छन् । खच्चर, भेडा, भरिया लगाएर दिउँसै निर्धक्क तस्करी गर्नेहरूको ताँती नै देखिन्छ ।
काडा–३ स्थित काकरकोटको ठूलो चौरमा ७ वटा पालले ढाकेर ठूलो मात्रामा जटामसी सुकाइएको थियो । हुम्लाका एक व्यापारीले बझाङ र दार्चुलाका विभिन्न गाउँबाट मजदुर लगाएर संकलन गरेको उक्त जडीबुटी एक सय क्विन्टलभन्दा बढी भएको काडाका मंगल बोहराले बताए । ‘यो सबै तिब्बत लैजान ठिक पारिएको हो,’ उनले भने ।
नेपाल–चीनको सिमा स्तम्भ रहेको उरै भञ्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि लहरै २ वटा ठुला पाल टागिएका छन् । बाहिरबाट हेर्दा अस्थायी होटल जस्तो लाग्ने पाल बाहिर २ युवक पहरा दिइरहेका थिए । भित्र पसेर हेर्दा सयौं बोरामा राखिएका कटुकीका खात देखिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

कृपया भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोला


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2