प्रेस सोसाइटी तनहुँमा नेपाली


Loading...



प्रेस सोसाइटी तनहुँमा नेपाली

दमौली, १७ भदौ । शुक्रबार तनहुँको दमौलीमा भएको पत्रकारहरुको भेलाले नेपाल प्रेस सोसाइटी तनहुँको जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले रामशरण नेपालीको अध्यक्षतामा ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो ।
सम्मेलन आयोजक समितिका सदस्यहरुमा सम्झना रसाइली, सुमन श्रेष्ठ, पम्फा विश्वकर्मा, लक्ष्मी थापा, प्रकाश विश्वकर्मा, प्रेरणा राना, शोभा थामा मगरलगायत रहेका छन् ।

Loading...
भेलामा सहभागीहरुलाई नेपाल प्रेस सोसाइटीका केन्द्रीय परिषद सदस्य उज्वल पौडेलले प्रेस सोसाइटीको बारेमा प्रष्ट पार्दै शुभकामना मन्तव्य राखेका थिए । पौडेलले प्रेस सोसाइटी तनहुँ शाखा तनहुँका पत्रकारहरुको वैकल्पिक शक्तिको रुपमा अगाढि बढ्ने बताए ।
भेलाले जिल्लाको सबै संचार गृहको भ्रमण गरेर सम्बन्ध विस्तार अभियान संचालन गर्ने निर्णय समेत गरेको छ । भेलाले आगामी एक महिना भित्र संगठन बिस्तार र जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2