प्रधानमन्त्री आउँदा रातारात सडक दुरुस्त !


Loading...


असाज ८,काठमाडौं ।मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे । अघिल्लो दिनसम्म भैसी नै डुव्ने खाडल सडकमा भए पनि शु्क्रबार भने सडकमा कतै पनि खाडल भेटाएनन् उनले भने । रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको छ । 

सडक दुरुस्त बनाएपछि अखरु बेला मेलम्चीसम्म पुग्न तीन घण्टा बढी समय लाग्ने गरे पनि शुक्रबार भने उनी आधा घण्टामै पुगे । मेलम्ची पुगेपछि सुवेदी भन्दै थिए, ‘प्रधानमन्त्री आउँदा त सडक यस्तो भयो भने राष्ट्रपति आउँदा कस्तो होला ! सधै यस्तै भ्रमण भइरहोस् ।’ प्रधानमन्त्री प्रचण्ड मेलम्ची खानेपानीको स्थलगत अवलोकन गर्न भन्दै शुक्रबार त्यसतर्फ गएका थिए । आजको राजधानी दैनिकमा खबर छ । 

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2