हराएका १८ महिला फेला परेनन्


Loading...


३१ भदौ, बनेपा । काभ्रेपलाञ्चोकबाट चालु आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना महिला अझै फेला परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय, धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३/७४ मा २३ महिला हराएकामा पाँचजना फेला परेका छन् । सो आवमा ६ जना बालबालिकासमेत हराएका छन् ।
त्यस्तै, आव २०७२/७३ मा ८० महिला हराएकामा २३ जना फेला परेका छन् भने ५७ जना अझै फेला परेका छैनन् । आव २०७१/०७२ मा ७६ महिला हराएकामा ४२ जना फेला परेका छन् भने ३४ जना अझै फेला परेका छैनन् । “लामो समयदेखि हराएका महिला फेला पार्न कठिन छ, तर हामीले खोजतलास जारी राखेका छौँ”, प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भने ।
उनले भूकम्पपछि महिला हराउने क्रम बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै कतिपय पीडितले महिला हराएको प्रहरीमा दर्ता गर्ने तर सम्पर्कमा आएको जानकारी नदिने पनि समस्या देखिएको बताए ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2