Loading...
असोज ३, काठमाडौं । गोरखा बहुमुखी क्याम्पसमा बीएड दोश्रो वर्षमा अध्यनरत छात्रा एन्जिला गिरीको वलात्कारपछि हत्या गरेको अभियोग लागेका व्यक्तिमाथि कडा कारबाहीको माग गर्दै राजधानीको पद्मकन्या क्याम्पसमा बिहिबार प्रदर्शन गरिएको छ ।
हत्याको विरोधमा माओवादी निकट (अखिल क्रान्तिकारी ) पद्मकन्या क्याम्पस इकाइ समितीको आयोजनामा विरोध प्रदर्शन भएको हो । शंकरदेव क्याम्पसमा अध्यनरत अविनाश भारतीले उनलाई बलात्कारपछि हत्या गरेकाे विद्यार्थीहरुको आरोप छ ।
सो अवसरमा अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य तथा क्याम्पस इकाइ कमिटीकी अध्यक्ष बसन्ता भण्डारीले एन्जिलालाई राम्रो जागिर लगाइदिने भनेर भारतीले काठमाडौं वोलाएको र कीर्तिपुरमा लगेर वलात्कार गरेर हत्या गरेको आरोप लगाइन् ।
भण्डारीले महिला विद्यार्थीमाथि यो हद सम्मको हिंसा हुँदा पनि प्रशासनले हत्या आरोपी अविनाशलाइ गिरफ्तार गर्न नसकेकामा आक्रोश व्यक्त समेत गरिन् । रातोपाटीबाट
कृपया भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोला भण्डारीले महिला विद्यार्थीमाथि यो हद सम्मको हिंसा हुँदा पनि प्रशासनले हत्या आरोपी अविनाशलाइ गिरफ्तार गर्न नसकेकामा आक्रोश व्यक्त समेत गरिन् । रातोपाटीबाट
Loading...
Loading...


Post a Comment