सुर्य र बिनोद आमालाई सम्झेर प्रदेशमै 'रोए धुरु धुरु' ( भिडियो सहित )


Loading...


बिनोद ढुंगाना 
असोज ११, पोखरा । परदेशी भुमी जापानमा रहेर पनि नेपाली लोक संगीतको क्षेत्रमा सकृय गायक सुर्य खड्काले परदेशहिरुको पिडालाई समेटेर तयार पारेको दशैँ तिहार बिशेष गीत 'रोएँ धुरु धुरु' सार्वजनिक भएको छ । आजै युट्युब मार्फत सार्वजनि गरिएको गीतमा शब्द , लय र स्वर परदेशी गायक सुर्य खड्काको नै रहेको छ ।

गीतमा परदेशीहरु चाडवाडको दिन ड्युटीबाट एक छिन पनि फुर्सद नपाउँदा  आमालार्ई सम्झेर धुरु धुरु रोएको भाव प्रस्तुत गरिएको छ । गीतले सबै परदेशीएका सबै नेपालीहरुको कथा बोकेको कारण चर्चा बटुल्न सफल हुने निश्चित देखिएको छ । 

गुराँस फिल्मस्  जापनले जापनमा छायांकन गरेकोे गीतको म्युजिक भिडियोमा बिनोद भण्डारीले निर्देशन एवंम अभिनय गरेका छन् । भण्डारी आफै पनि सर्जक एवंम गायक हुन् । भिडियोमा इन्द्र भण्डारीको छायांकन र बिष्णु सुवेदी निशानको सम्पादन छ ।
भिडियो हेर्नुहोस्


Loading...
         दशैँको   निकै मर्मिक भिडियो हेर्नुहोस्
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2