कस्तो अचम्मको शोखःकुकुरको लागि किनियो आठवटा ‘आइफोन सेभेन’


Loading...

असोज ६ ,काठमाडौं ।चीनमा आजकाल आइफोन सेभेन किन्नका लागि एप्पल स्टोर बाहिर मानिसहरुको लामो लाइन लाग्ने गरेको छ । तर वाङ सिकोङ्ग, चीनका सबैभन्दा धनी वाङ जियान्लिनका छोरा, ले निकै सजिलै आठओटा आइफोन किन्न सफल भएका छन्, त्यो पनि कोको नामको कुकुरको लागि ।
वाङ सिकोङ्गले आफ्नो कुकुरको लागि करिब १० लाख रुपैयाँ खर्च गरेका छन् । चीनमा आइफोनको मूल्य ६,३६६ चीनियाँ युआन (करिब १ लाख २ हजार रुपैयाँ) देखि ७,९८८ चीनियाँ युआन (करिब १ लाख २८ हजार रुपैयाँ) को बिचमा छ । यद्यपी, यो रकम त्यस्ता ब्यापारीको छोराको लागि धेरै होइन जसको कूल सम्पत्ति २ लाख डलरभन्दा बढि छ ।
अझ अचम्मको कुरा के छ भने यो कुराको जानकारी कोकोको बीबो अकाउन्टमार्फत दिइएको हो । कोकोको आफ्नो भेरिफाइड बीबो अकाउन्ट पनि छ । बीबो चीनको माइक्रो ब्लगिङ साइट हो जसले ट्वीटरको जस्तै काम गर्दछ । कोकोको बीबो अकाउन्टमा १.९ मिलियन मानिसहरुले फलोअर छन् । कोकोको सोसल मिडिया अकाउन्टमा धेरैजसो फेसनेबल तस्बिरहरु पोष्ट हुन्छ ।
सिकोङले आफ्नो प्रिय कुकुरमाथि यति धेरै पैसा खर्च गरेको यो पहिलो घटना भने होइन । यो भन्दा पहिले उनले सन् २०१५ मा आफ्नो अर्को कुकुरका लागि एप्पलकै दुईवटा ‘गोल्ड स्मार्टवाच’ उपहारमा दिएका थिए । रातोपाटीबाट

कृपया भिडियोको हेर्नका लागी तल क्लिक गर्नुहोस्
Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2