कुन खाद्यान्नमा के मिसावट ? कसरी चिन्ने ? ( भिडियो सहित)


६ असोज, काठमाडौं । धेरै मुनाफा आर्जन गर्नकै लागि  व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड  गर्दै खाद्य वस्तुमा अखाद्य बस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी उपभोक्ताहरु ठगिन सक्छन् ।
खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङगो आखाले हेर्दा थाहा नहुने अखाद्य वस्तु मिसावट गरिरहेका छन् । बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भए पनि नियमक नियकाय भने मौन छ ।
खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन र गर्नेलाई कारबाही गर्ने निकाय भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो । विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीका अनुसार अहिले पछिल्लो समय खाद्य वस्तुमा दुई किसिमको मिसावट हुने गरेको छ । पहिलो परम्परागत मिसावट र दोस्रो आधुनिक प्रविधिबाट गुणस्तर नै कम हुनेखालका केमिकल मिसावट हुने गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् 

Loading...
चामलमा  चामल उत्पादन गर्ने मिल तथा उद्योगहरुले चामल जस्तै देखिने गरी ढुङ्गा तथा काठलाई मेसिनमा काटेर चामल जस्तै रंग पोलिस गरेर मिसावट गर्ने गरेका छन्
कुन खाद्य बस्तुका कस्तो मिसावट ?
विभागका अनुसार चामलमा  चामल उत्पादन गर्ने मिल तथा उद्योगहरुले चामल जस्तै देखिने गरी ढुङ्गा तथा काठलाई मेसिनमा काटेर चामल जस्तै रंग पोलिस गरेर मिसावट गर्ने गरेका छन् । यस्तो मिसावट उपभोक्ताले थाहा पाउन भने नसक्ने बस्तीको भनाई छ ।
जब उपभोक्ताले खाँदाखेरि मात्रै यस्तो मिसावट भएको पत्ता लगाउन सक्छन् । त्यति मात्र नभई  मिति सकिएको चामल पुनः हालेर पोलिस लगाई बिक्री गर्ने गरेको पाइएको छ ।
यस्तो प्रकृतिका  चामल खाँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने उनको भनाइ छ । दूधमा पानी हाल्ने तथा नफाटोस् भन्नका लागि सोडा मिसावट गर्ने गरिएको विभागको भनाइ छ ।
दूध उत्पादन गर्ने डेरी उद्योगले सरसफाईमा ध्यान नदिँदा कोलिर्फमका जिवाणुदेखि केमिकलसमेत मिसावट हुने गरेको  वस्ती बताउँछन् ।
त्यस्तै दालमा पनि दालजस्तै अखाद्य वस्तु मिसावट गरिरहेको उपभोक्ताहरुले आरोप लगाएका छन् । उद्योगी व्यवसायी तथा साना व्यापारीहरुले समेत हामीले तरकारीको स्वादकालागि प्रयोग गरिने बेसारमा विभिन्न प्रकारका अन्नको पिठो मिसावट गरेको पाइन्छ। त्यस्तै खुर्सानीको धुलोमा इँटाको मसिनो धुलाका कणहरु मिसावट भइरहेको छ ।
मसलाको धुलोमा काठ चिरान गर्दा निस्केका मसिना धुलाको कण प्रयोग गरिरहेको छन्। चियापत्तिमा पनि एकपटक प्रयोग गरिसकेको चियापत्ती पुनः सुकाएर प्रयोग गरिरहेको  फेला पर्ने गरेको र उपभोत्ताबाट पनि गुनासो आउने गरेको उनको भनाइ छ ।
त्यस्तै तेलमा समेत मिसावट हुने गरेको छ । कतिपय तेल उत्पादन गर्ने उद्योग तथा व्यवसायीहरुले तोरी तथा सनˆलावरको तेलमा भटमासको मिसावट गर्ने गरेको उपभोक्ताहरु बताउँछन । तेलमा पाल्मोलिन ओयल समेत मिसावट गर्ने गरेको भेटिएको छ ।

मिसावट कसरी चिन्ने ?
प्रायःजस्तो खाद्य बस्तुमा  अखाद्य बस्तु  मिसावट भए नभएको थाहा पाउँन उपभोक्ता पनि सचेत हुनुपर्ने विभागको भनाई छ । दालमा मिसावट भएनभएको दाल पकाउँदा नपाक्ने बस्तु धेरै फेला परेको अवस्थामा दालमा मिसावट भएको छ भनी थाहा पाउँन सकिन्छ । दालमा कलर गरिएको छ भने दालमा बढी रंग देखिन्छ ।
बेसारको मिसावट भने पानीमा हालेर थाहा पाउन सक्निछ । सामान्य त बेसार पानीमा राख्दा कलर देखिदैन । तर बेसारमा अखाद्य बस्तु मिसावट भएको छ भने पानीको रंग परिवर्तन हुन गरेछ र पानीमा घुलिने पनि गर्छ । तेलको मिसावट भने स्वादबाट नै थाहा पाउन सकिने बस्तीको भनाई छ । मसालको मिसावट पनि पानीबाट थाहा हुन्छ ।
दुधको मिसावट भने गन्ध र त्यसको स्वादबाट उपभोक्ताले सिधै थाहा पाउन सक्छन् ।  परम्परागत मिसावट उपभोक्ताले थाहा पाउन सक्ने अवस्था रहे पनि केमिकबल मिसावट भने ल्याव परीक्षण बाट मात्र थाहा पाउन सकिने बस्तीको भनाइ छ ।
विभागले गर्ने परीक्षण भने केही ढिला हुँदा उपभोक्ता मारमा परेको उनले स्वीकार गरेको छन् । परीक्षणको रिर्पोट आउँदा मिसावट भएको अखाद्य वस्तुसमेत  उपभोक्ताको भान्छामा पुगिसक्ने गरेको छ । ल्यावको नतिजा आउने भने एक साताको समय लाग्ने उनको तर्क छ ।
बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्नेप्राय सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भएपनि यसको अनुगमन गर्ने निकायमा भने कुनै गुनासो नआएको खाद्य तथा गुण नियन्त्रण विभागले जनाएको छ
नमुना संकलन भएका  खाद्य बस्तु ल्याव परीक्षण नगर्दासम्म बिक्री वितराणमा जबसम्म सरकारले रोक लगाउन सक्दैन, तबसम्म मिसावट भएका खाद्य बस्तुपनि उपभोक्ताले उपभोग गरिसक्ने उनको भनाई छ । सरकारी ऐन कानुनले गर्दासम्ते उपभोक्ता अखाद्य बस्तु उपभोग गर्न बाध्य भएको उनको भनाइ छ ।
नियमक निकायमा उपभोक्ताको गुनासो
बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्नेप्राय सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भएपनि यसको अनुगमन गर्ने निकायमा भने कुनै गुनासो नआएको खाद्य तथा गुण नियन्त्रण विभागले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रवक्ता वस्ती भन्छन, बजारमा उद्योग तथा व्यवसायीले खाद्य वस्तुमा अखाद्य बस्तुको मिसावट गरिरहेको आवाज सुनिएपनि उपभोक्ताहरुले भने अहिलेसम्म खासै गुनासो गरेका छैनन् ।’
धेरै जस्तो उपभोक्ताले खानेपानीमा लेउ लागेको छ भनी गुनासो व्यक्त गर्ने गरेको वस्तीले बताए । साथै उपभोक्ताले केक परिकार खाँदा पखाला लागेको जस्तो गुनासो विभागलाई सुनाउने गरेको उनले बताए।

मिसावट गर्नेलाई कारबाही के छ ?
खाद्य ऐन २०२३ मा न्यूनस्तर तथा अखाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलो पटक १ हजार  देखि २ हजार रुपैयाँसम्म जरिवाना र दोस्रो पटक देखि प्रत्येकपटक २ हजार  देखि ५ हजाररुपैयाँ सम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुबै सजायँ हुन  सक्ने व्यवस्था गरिएको छ । .
निश्चित ठाउँमा पसल नथापी घुमेर दूध, दही तथा अन्य खाद्य पदार्थ बिक्री गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेशको उल्लंघन गरेमा निजलाई पहिलो पटक ५० देखि २०० सय रुपैसम्म जरिवाना, दोस्रो पटक  २०० देखि ५०० सम्म जरिवाना वा ३ महीना सम्म कैद वा दुवै सजायँ र तेस्रो पटकदेखि प्रत्येक पटक  ५०० देखि १ हजाररुपैयाँ सम्म जरिवाना वा ३ महिनादेखि ६ महीना सम्म कैदवा दुबै सजाय हुने व्यवस्था ऐनमा छ ।
दुषित खाद्य पदार्थ उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिलाई १० हजार  देखि २५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद हुन सक्नेछ
त्यस्तै गरी बारम्बार दुषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई  ५ हजार देखि १० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षदेखि २ वर्ष सम्म कैद वा दुवै सजायँ हुन व्यवस्था छ ।
त्यस्तै कुनै दुषित खाद्य पदार्थ खानाले कुनै व्यक्तिको मृत्यू हुने सम्भावना भएमा वा मृत्यु भएमा वा शरीरलाई अपुरणीय क्षती भएमा वा हुने सम्भावना भएमा त्यस्तो दुषित खाद्य पदार्थ उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिलाई १० हजार  देखि २५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद हुन सक्नेछ र निजले सो दुषित खाद्य पदार्थबाट प्रभावित व्यक्ति वा निजको हकदारलाई २५ हजार  देखि १ लाख रुपैयाँसम्म क्षतिपूर्ति   दिनुपर्ने कानुनमा उल्लेख छ ।
तर, कानुन उल्घंन गर्नेलाई १ हजार मात्र जरिवाना गर्ने व्यवस्थाले कारबाही गर्न समेत असहज भएको वस्तीको भनाइ छ । कारबाहीको दायरा बढाउने गरी ऐन पनि संशोधनको चरणमा रहेको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2