न्यूजनेपाल २४
असोज ३, पोखरा । नेपाली लोक साङ्गीतिक क्षेत्रमा नयाँ कलाकारको प्रवेश धेरै मात्रामा चाडपर्वका गीमार्फत हुने गर्दछ । यसै बिच दशैँको अवसर पारेर नव सर्जक कृष्ण ओस्तीले आफ्नो दशैँ गीत भोको पेट बजारमा ल्याएका छन् । कृष्ण ओस्ती स्वयमको शब्द सृजना रहेको गीतमा लय सृजना छबि खड्काले गरेका छन् भने आवाजमा यज्ञ बि.क. सँगै सरु बस्नेतलाई पाउन सकिन्छ
कृष्ण ओस्ती, अस्मिता तिवारी, ज्ञानु राज ओस्ती, पार्वती ओस्ती, मनकली के। सी। पवन अर्यालको अभिनय रहेको गीतको निर्देशन उदिराम खड्काले गरेका हुन् । अमिताभ ठाकुरले क्यामेरामा कैद गरेको उक्त गीतको भिडियो सम्पादन बिरेन्द्र भाट बिपिनले गरेका हुन भने उक्त गीतलाई सत्यवति मिडिया फिलिम्स् प्रा। ली। ले बजार ब्यबस्थापन गरेको छ ।
नव सर्जक ओस्ती भन्छन्- “साङ्गीतिक क्षेत्रमा लाग्ने आफ्नो सानैदेखीको रहर रहेतापनि कहिले कुन त कहिले कुन समस्याले झमेला गाराउँदा अलिकति ढिलै यो क्षेत्रमा लागेको आभाष भएको छ तर अब यो क्षेत्रमा म पूर्ण रुपमा होमीसकेको छु । अब म यो क्षेत्रलाई दिर्घकाल सम्म नै आँगाली रहनेछु ।”
भिडियो
तलको भिडियो पनि हेर्नुहोस्
Loading...
Loading...


Post a Comment