गायक हेमन्त आलेको कौरा गीत “सोल्टी राजा” बजारमा ( भिडियो सहित )


Loading...


बिनोद ढुंगाना
असोज २, पोखरा ।गायक हेमन्त आले र गायिका मनमाया बाईबाको स्वरमा कौरा गीत “सोल्टी राजा” सार्वजनिक भएको छ ।गीतमा हेमन्त आले र भुमि मगरको शब्द,गायक प्रकाश सपुतको लय सिर्जना रहेको छ ।

तिर्सना म्युजिक मार्फत बजारमा आएको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् । गीतमा गायक प्रकाश सपुत र गीता राईले नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा करन चौसिरको छायांकन,  बिष्णु शर्माकोे सम्पादन छ ।

गायक हेमन्तको यसअघि बजारमा आईसकेका फुलको डाली नुग्दै छ ,बढ्दै छ ढुकढुकी, के होला शुभनाम, पिंजडाको चरीलाई लगायतका गीतहरु चर्चित छन् ।

तनहुँको रिसिङका मगर समुदायबाट उत्पन्न भएको कौरा गीत नवलपरासी,पाल्पा, गोरखा लगायत स्थानमा प्रचलित छ । र अहिले कौरा गीत नेपाली लोकदोहोरी क्षेत्रमा एक हिस्सा बनेको छ ।
भिडियो :

यो पनि पढ्नुस् : मुना थापाले केन्द्रयि सदस्यमा उम्मेद्वारी दिने,भोटका लागी गरिन सबैसँग अनुरोध


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2