मुनाको दिपकलाई आग्रह मेरो याद बिर्स अब उनलाई माया गर .... भिडियो सहित


Loading...


बिनोद ढुंगाना
असोज १, पोखरा । हरेक मान्छेको चाहना आफुले माया गरेको मान्छे आफ्नै बनोस् भन्ने हुन्छ , तर केही मान्छे मायामा यतिसम्म त्याग र सर्मपण गर्न तयार हुन्छन् की आफुले माया गरेको मान्छेलाई पराईको भएपछि हाँसी हाँसी आफुलाई बिर्सेर उसैलाई माया गर्न आग्रह गर्छन् । लोकप्रिय गायिका मुना थापा मगर र गायक दिपक कुवँरको सुमधुर स्वरमा यस्तै त्याग र सर्मपणको भाव बोकेको गीत के गुनासो छ र... सार्वजनिक भएको छ । 

विश्व पोखरेलको शब्द रहेको गीत पोखरेलकै  प्रस्तुतिमा बजारमा आएको हो । गीतमा पोखरेली श्रोताहरुमाझ निकै लोकप्रिय रहेका सञ्चारकर्मी नवराज गौतमको  लय सिर्जना रहेको छ । गौतम अहिले जापनमा रहेका छन् ।
कुमार के.सी.ले निर्देशन गरेको भिडियोमा मिथुन,सिर्जना,अनमोल र सपनाको अभिनय छ । निकै नै उत्कृष्ट बनेको भिडियोलाई अजय रेग्मीको छायांकन र अनुप शिवाकोटीको सम्पादनमा तयार पारिएको हो । गीत उज्यालो म्युजिकमार्फत बजारमा आएको हो ।
भिडियो


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2