रियो ओलम्पिकमा नेपालको खर्च १ करोड १६ लाख


Loading...

असोज , काठमाडौं । ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ।तर, नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिकमा आफूहरूको ९८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको दाबी गरेको छ ।
२९ सदस्यीय नेपाली टोली रियो ओलम्पिकमा सहभागी भएको थियो । टोलीमा सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, सात खेलाडी, पाँचै खेलका पाँच प्रशिक्षक, दुई खेलकुद पत्रकार र बाँकी १२ जना एनओसीकै पदाधिकारी थिए ।एनओसीको बुधबार बसेको बैठकमा कोषाध्यक्ष रतनकुमार टण्डनले रियो ओलम्पिकको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२९ जनाका लागि ९८ लाख ६४ हजार रुपैयाँ खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको बैठकमा सहभागी एक पदाधिकारीले नयाँ पत्रिकालाई जानकारी दिएकाे समाचार छापिएको छ ।यद्यपि प्रतिवेदन बुझाए पनि कोषाध्यक्ष टण्डनले केही खुलाउन चाहेनन् भने अध्यक्ष जीवनराम श्रेष्ठले सबै जानकारी टण्डनसँग रहेको बताए ।
परिषद्ले रियो ओलम्पिकका लागि १८ लाख बजेट छुट्याएको थियो । ‘परिषद्ले रियो ओलम्पिक शीर्षकमा १८ लाख बजेट छुट्याएको थियो,’ परिषद्को आर्थिक विभाग स्रोतले बतायो ।
काठमाडौंदेखि रियो दी जेनेरियोसम्मको दुईतर्फी टिकटका लागि एनओसीले लगभग ४४ लाख खर्चेको स्रोतले बतायो । सदस्यसचिव केशवकुमार विष्ट, सात खेलाडी र पाँच प्रशिक्षकको खर्च आफूहरूले नै गरेको परिषद्को उच्च स्रोतले जानकारी दिएको छ ।‘रियोमा परिषद्ले नै सदस्यसचिव, खेलाडी र प्रशिक्षकको टिकटदेखि दैनिक भत्तासम्म उपलब्ध गराएको थियो,’ स्रोतले भन्यो ।

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2