Loading...
भदौ २९, युएई । नेपाली कलाकार समुह युएई क्षेत्रिय समिति शारजाहले आफ्नो पहिलो बार्षिक उत्सव भव्यताको साथ मनाएको छ । इस्लाम धर्मलम्वीहरुको पर्व इदको अवसरमा समुहले युएईका सम्मपुर्ण प्रान्तमा छरिएर रहेका नेपालीहरुको माझ केक काटेर पहिलो बार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा युएईमा रहेका विभिन्न संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती थियो ।
Loading...
कलाकार हरि डुम्रे र गोर्खा व्याण्डले प्रस्तुति मार्फत उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । अगामी दिनहरुमा युएईमा रहेका नेपालीहरु एकजुट भएर नेपाली कला र सँस्कृतिको जगेर्ना गर्दै अगाडी बढ्ने संस्थाका महासचिव बिष्णु पाण्डेले बताउनुभयो । समुहका अध्यक्ष गोमा पाण्डे अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका संरक्षक रतन थापाले गर्नुभयो । समुह गत बर्ष सेप्टेम्बर १२ तारिखमा स्थापना भएको थियो ।
Loading...


Post a Comment